वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा केडिया, वरिष्ठ उपाध्यक्षमा गुप्ता

240

वीरगंज, पुष २९ – वीरगंज उद्योग वाणिज्य संघको ४३ औं साधारण सभाबाट अध्यक्षमा गोपाल केडिया निर्विरोध निर्वाचित भएका छन । कार्य समितिको वरिष्ठ उपाध्यक्षमा सुवोध गुप्ता, द्वितिय उपाध्यक्ष अनिल अग्रवाल, महासचिव माधव राजपाल, सचिव उद्योग तर्फ मनोज दास, बाणिज्य तर्फ अरविन्द्र अमात्य, सहसचिव उद्योग तर्फ आशिष कुमार लाठ, बाणिज्य तर्फ प्रेम चन्द्र गोयल, निर्विरोध चयन भएका छन ।

त्यसैगरी कोषाध्यक्षमा रविन्द्र वर्णवाल बिजयी भएका छन । कोषाध्यक्षमा निर्वाचन भएको थियो बर्णवालले ीपक टिवडेवाललाई पराजीत गरेका हुन ।



संघको सहकोषाध्यक्षमा गोविन्द शाह निर्वाचित भएका छन । पदाधिकारीको कोषाध्यक्ष वाहेक सम्पूर्ण पद निर्विरोध चयन भएको हो ।

यसअघि वीरगंज उद्योग वाणिज्य संघको साधारण सभाबाट वाणिज्य, उद्योग, एशोसिएट र एफिलिएट गरी ३५ जना सदस्यहरु निर्विरोध निर्वाचित भई सकेको र उनिहरुबाटै १० जना पदाधिकारीको छनोट भएको निर्वाचन समितिले जनाएको छ । वीरगंज उद्योग वाणिज्य संघको ४३ औं साधारण सभाको गत पुस २७ गते गृहमन्त्री रामबहादुर थापा बादलले उद्घाटन गरेका थिए ।