विशाल मेमोरियल गोल्डकप : दोश्रो दिनको खेलमा हिमालयन शेर्पा विजयी

45

Share
  • 44
  •  
  •  
    44
    Shares

वीरगंज, पुष २९ – वीरगंजमा चलिरहेको दोश्रो टुवोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो दिनको खेलमा हिमालयन शेर्पा क्लबले विभागीय टिम सशस्त्र प्रहरी एपीएफलाई ४-१ गोलको फराकिलो अन्तरलले प्रगजित गर्दै सेमीफाइनलमा आफ्नो स्थान बनाएको छ ।

वीरगंज स्थित नारायणी रंगशालामा आयोजित खेलमा हिमालयन शेर्पाका लागि जर्सी नम्बर १० का विश्वास श्रेष्ठ एक्लैले तीन गोल गरेर ह्याट्रिक गरेका छन् । खेलको ९ औं मिनेटमा नाइजेरियन खेलाडी प्याट्रिक गोवाले पहिलो गरेपछि १–० को शेर्पा क्बले अग्रता पायो । हिमालयन शेर्पाका लागि श्रेष्ठले ११ , ३६ र ३९ औं मिनेटमा लगातार थप तीन गोल गरे ।

पहिलो हाफमै ४–० ले पछि परेको एपिएफले दोश्रो हाफमा मात्रै सान्त्वना गोल फर्काएको थियो । उसका लागि सात्वना गोल दोश्रो हाफको ३५ औं मिनेटमा रवी थिङले गरे । आजको खेलको म्यान अफ दी म्याच हिमालयन शेर्पाका लागि तीन गोल गरेर ह्याट्रिक गरेका विश्वास श्रेष्ठ नै घोषित भए ।

सेमीफाइनलमा प्रवेश गरेको हिमालयन शेर्पा क्लबले फाइनल प्रवेशका लागि माघ २ गते आयोजक वीरगंज ११ संग प्रतिस्पर्धा गर्नेछ । शनिबार भएको उद्घाटन खेलमा वीरगंज ११ ले भारत कोलकत्ताको साउथर्न समिति फुटबल क्लबलाई ट्राइबेकरमा ४–१ ले पराजित गरि सेमीफाइनलमा स्थान सुरक्षित गरिसकेको थियो ।

प्रतियोगितामा सोमबारको खेल बारा सिमराको नवजनजागृती युवा क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबीच हुनेछ। माघ ५ गते सम्म चल्ने प्रतियोगिताको विजेता टिमले कप सहित नगद पाच लाख ५५ हजार पाँच सय ५५ र उपविजेताले दुइ लाख ७७ हजार सात सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाइ मोटरसाइकल एक थान र प्रत्येक खेलका म्यान अफ दी म्याच घोषित हुने खेलाडीलाइ नगद पाच हजार रुपैया प्रदान गरिने आयोजकले जनाएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here