प्रदेश २ का मन्त्रिबाट कुटिए सचिव

526

जनकपुरधाम, पुष २९ – प्रदेश नम्बर २ का आर्थिक मालिम तथा योजनामन्त्री विजय यादवले सचिवलाई कार्यकक्षमै बोलाएर झापड हानेका छन्।

आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै मन्त्री यादवले सचिव विद्यानाथ झालाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका हुन् ।



‘आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै सभामुखकै अगाडि झापड हान्नुभयो’, सचिव झाले भने । सभामुख सरोजकुमार यादव मन्त्रीकै कार्यकक्षमा भए पनि सचिव झाले निक्कै कुटाइ खाएको देखिन्छ । मन्त्रीले कुटपिट गर्दा उनको अनुहार सुन्निएको छ ।

कुटपिट लगत्तै मन्त्रीकै निर्देशनमा प्रहरीले सचिवलाई पक्राउ गरेको छ । उता मन्त्री यादवले सचिवलाई कुटपिट गरेको अस्वीकार गरेका छन् । कार्यकक्षमा दुरव्यवहार गरेपछि प्रहरीलाई खबर गरेको मन्त्रीको भनाइ छ । अन्नपुर्ण पोस्ट