×

वीरगन्ज २८ पुस । राष्ट्रिय एकता दिवसको अवसरमा वीरगञ्जमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ‘देश विकासका लागि राष्ट्रिय एकताको महत्व’ शीर्षकमा भएको प्रतियोगितामा गौतम माविकी अरिवा नाज प्रथम भएकी छन् । मास्कोट एकेडेमीकी आस्था खनालले द्वितीय स्थान हासिल गरेकी छन् । गौतम माविकै रोशनकुमार तृतीय भएका छन् ।

वीरगञ्ज युवा समाजले आयोजना गरेको प्रतियोगितामा वीरगञ्जका ११ विद्यालयका २२ जना विद्यार्थीको सहभागिता थियो । निर्णायकमा मार्टिन मोक्तान, अमर गौतम र बलराम श्रेष्ठ थिए । वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुवोधकुमार गुप्ता र निर्णायकले विजेता र सहभागीलाई पुरस्कार र प्रमाणपत्र बितरण गरेका थिए ।

यसैगरी वीरगञ्जमा भएको युनिसन सिङ्गिङ आइडल तथा प्रिप्राइमरी रायम्स प्रतियोगिता–२०७५ अन्तर्गत गायनतर्फ विद्या सदन माविकी मासुम मानन्धर प्रथम, मनकामना माविका प्रफुल्ल कर्ण द्वितीय, न्यु वेभ माविकी रश्मी मानन्धर तृतीय र माउण्ट हर्मन माविका इमाम अन्सारी चौथो भएका छन् । नर्सरी रायम्सतर्पm प्रथम विद्या सदन मावि, दोस्रो मास्कोट मावि र तेस्रो माउण्ट हर्मन मावि भएका छन् । केजी रायम्स तर्पm प्रथम मास्कोट मावि, दोस्रो विद्या सदन मावि र तेस्रो स्थानमा न्यु वेभ मावि छन् । कार्यक्रमको संयोजक मनकामना माविका प्रधानअध्यापक पुरण प्रधान थिए ।

Back to top