घण्टाघरमा माघ २५ देखि चौथो विरगञ्ज महोत्सव

300

वीरगन्ज २८ पुस । पर्साको विरगञ्जमा चौथो विरगञ्ज महोत्सव हुने भएको छ । द लिड ईन्टरटेनमेन्ट नेपालको मुख्य आयोजनामा चौथो महोत्सव हुने भएको छ ।विरगञ्जको घण्टाघरमा हुने महोत्सव यही माघ २५ गतेदेखि शुरु हुदैछ । फागुन ५ गतेसम्म चल्ने महोत्सवमा नेपाल चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने आयोजक मुल समारोह समितिका संयोजक बिमल खड्गीले ए वान समाचारलाई जानकारी दिनुभयो ।महोत्सवमा २५० वटा भन्दा बढि स्टल राखिने खड्गीले बताउनुभयो । विरगञ्जलाई व्यापारिक केन्द्र बनाउन थप भुमिका खेल्ने उदेश्य स्वरुप चौथो महोत्सव आयोजना गर्न लागिएको उहाले बताउनुभयो ।महोत्सवमा १ लाख भन्दा बढि दर्शकले सहभागिता जनाउने आयोजकले अपेक्षा गरेको छ ।