×

वीरगंज, पुष २७ - वीरगंजस्थित श्री पशुपती शिक्षा मन्दिर माध्यमिक विद्यालय, आदर्शनगरमा एक कार्यक्रमविच गङ्गा आरतीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

वीरगंज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरवागी तथा वीरगंज उद्योग वाणिज्य संघ तथा गङ्गा आरति मूल प्रशिक्षण समितिका अध्यक्ष समाजसेवी अशोक वैधको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा १५ सहभागीहरुले गङ्गा आरती गर्ने विधि र प्रक्रियाबारे प्रशिक्षण लिएका थिए । कार्यक्रमका विशिष्ट अतिथी अशोक वैद्यले भारतबाट गङ्गा आरती प्रशिक्षण दिन आएका गुरु अभिषेक मिश्र र शौरभ मिश्रालाईलाई नेपाली ढाका टोपी र खादा ओढाएर विशेष सम्मान गर्नु भएको थियो ।

प्रशिक्षण प्राप्त गर्ने व्यक्तिहरुले फाल्गुन महिना देखि वीरगंजको घडिअर्व पोखरीमा गङ्गा आरती सुरु गरिने आयोजक मध्येका प्रमुख शशिकान्त मणि त्रीपाठिले जानकारी गराउनु भयो ।

Back to top