×

वीरगञ्ज २७ पुस । अर्को व्यक्तिको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल परीक्षा दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका ७ निर्मलबस्ती बस्ने प्रेम सुनारलाई प्रहरीले पक्राउ गरेको हो । उनले निर्मलबस्तीकै विवेक विश्वकर्माको सट्टामा मोटरसाइकलको लाइसेन्सका लागि ट्रायाल परीक्षा दिँदै गर्दा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले सुनारलाई पक्राउ गरेको थियो ।प्रहरीले आफ्नो सट्टामा अरुलाई ट्रायल परीक्षा दिन लगाउने विवेक विश्वकर्मालाई समेत पक्राउ गरेको छ । दुवै जनालाई मुलुकी फौजदारी संहिता अन्र्तगत कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्रको ट्रायल परीक्षा वीरगञ्ज महानगरपलिका २३ स्थित भेहिकल एण्ड ड्राइभिङ सोलुसन प्रालिद्वारा सञ्चालित ट्रायल सेन्टरमा हुँदै आएको छ ।

Back to top