×

वीरगंज पुस २७ - राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन पर्साको २१ औ स्थापना दिवसको अवसरमा आजबाट वीरगंजमा जिल्ला स्तरीय क्रिक्रेट प्रतियोगिता शुरु भएको छ । यसैगरी एनप्यावसनले रक्तदान कार्यक्रमको पनि आयोजना गरेको छ । कार्यक्रमको उदघाटन गर्दै पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले निजी विद्यालयको अस्तित्व समाप्त पार्ने खेलमा वर्तमान सरकार लागेको र त्यसलाई सफल हुन नदिन चेतावनी दिनुभयो ।

सांसद यादवले देशको गुणस्तरीय शिक्षामा निजी क्षेत्रका विद्यालयहरुको भूमिकालाई विर्सन नमिल्ने बताउदै निजी विद्यालयहरुले पनि गरिव बालबालिकालाई समेत अध्ययन गर्न सक्ने वातावरण निर्माण गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

सांसद यादवले वीरगंजबासीको साथमा आफू सधै रहेको र वीरगंजमा अन्तर्राष्ट्रिय रंगशाला निर्माण तथा केन्द्रिय अस्पताल निर्माणका लागि आफू लडदै आएको बताउनु भयो ।

निजी विद्यालयलाई सरकारले चौतर्फि रुपमा घेरावन्दि गरेको भन्दै विद्यालयका संचालकहरुले आवाज उठाउन माग गरेका थिए । एनप्यावसन पर्साका अध्यक्ष रामसुन्दर चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनप्याब्सनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रामविनय चौरसिया , उपाध्यक्ष पाण्डव हमाल, प्रदेश नम्बर २ का संयोजक नन्दन यादव लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा शिक्षा र समाजीक क्षेत्रमा पर्सा जिल्लामा उल्लेखनिय योगदान दिएको भन्दै रेडियो वीरगंजका समाचार प्रमुख धु्रव अधिकारीलाई सांसद यादवले सम्मान गर्नु भएको थियो ।

स्थापना दिवसको अवसरमा आयोजित क्रिक्रेट प्रतियोगिता अन्तर्गत आज भएको उद्घाटन खेलमा जिएचपि मावीले जिएचपी माविले ओसिस माविलाई पराजित गरेको छ । निर्धारित १५ ओभरको खेलमा ७६ रन बनाएको ओसिसलाई ९ ओभरमै जिएचपीले जित हासिल गरेको थियो ।

Back to top