×

संजय कुमार सहनी रौतहट, २७ पुस । रौतहटको गरुडा नगरपालिकाको चरम लापरवाहीका तिन वटा पक्कि पुल कागजमै बनाएर लाखौं रुपैया भुक्तानी दिएको पाइएको छ ।

संघिय सरकारले पठाएको ९० लाख रकमबाट गरुडा नगरपालिकामा निर्माण हुनु पर्ने तिन वटा पुलको भुक्तानी गरुडा नगरपालिकाको कार्यालयले दिइ सक्दा पनि तोकिएको स्थानमा एउटा पुल बनेको देखिदैनन् उक्त पुल कागजमै निर्माण भएर सवै रकम निकासा भईसकेको हो ।

गत आर्थिक वर्ष ०७४÷०७५ मा गरुडा नगरपालिकाको वडा नं। १ र ६ मा तिन वटा साना पक्की पुलहरु निर्माण गर्नको संघिय सरकारबाट आएको रकमबाट तिन वटा उपभोक्ता समिति नगरपालिकाबाट गठन भई तिस लाखका दरले भुक्तानी दिएका थिए । गरुडा नपा १ जयनगर टोलमा कल्भर्ट ९सडक पुल०, गरुडा नपा ६ लमहा नहरमा अमरपट्टि जाने बाटोको पुल र गरुडा ६ कै पोठीयाही वडा कार्यालय पछाडीको सडक पुलका लागि तिन वटा उभोक्ता समितिलाई गरुडा नगरपालिकाले भुक्तानी गत असार २९ गते नै दिईसकेको भएपनि पुल निर्माण भएको देखिदैनन् ।

योजना सम्पन्न भएर त्यसको अनुगमन निरिक्षण पछि मात्रै भुक्तानी दिनु पर्ने ठाँउमा नगरप्रमुख ईन्नु रायले सिधै रकम बाडेको स्थानियहरुको आरोप रहेको छ । पुल बन्नु पर्ने स्थानमा अहिले सम्म कुनै काम भएको छैन । आफु नजिकका व्यक्तिहरुको उपभोक्ता समिति बनाएर नगरप्रमुख र वडा अध्यक्ष समेतले भ्रष्टाचार गरेको वडा नम्वर ४ का अध्यक्ष चुनचुन साहले आरोप लगाएको छ ।

कामै नभएको योजनामा तिस लाखका दरले नगरपालिकाले भुक्तानी दिएर भ्रष्टाचार गरेको आरोप लगाउदै उनले पुलको नाममा केही काम नभएको देख्दा देख्दै पनि गत आर्थिक वर्षका प्रशासकिय अधिकृत तथा मेयरले पेश्की भन्दै रकम भुक्तानी गरे ।

गत आर्थिक वर्षमा अरु व्यक्ति प्रशासकिय अधिकृत रहेको तथा योजनाको भुक्तानी आफुले नगरेको भन्दै गरुडा नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले उपभोक्ता समितिलाई दिइएको सो भुक्तानी गलत रहेको बताए । नगरपालिकाबाट उपभोक्ता समितिको खातामा पेश्की रकम दिएको देखिन्छ जानकारी दिदै असार २७ मा सरकारले निकासा दिएको र २९ गते उपभोक्ता समितिलाई नगरपालिकाले पेश्की दिएको योजना फायलबाट स्पष्ट भएको बताए । सम्झौता गरेर काम शुरु भए पछि मात्रै पेश्की दिनु पर्ने ठाँउमा त्यस्तो नभएको देखिए पछि उपभोक्ता समितिको खाता रोक्का गरिएको उनले जानकारी दिए उपमेयर रंगिला देवी जयसवालले काम नभएको योजनामा पुरै भुक्तानी दिनुले सिधै भ्रष्टाचार देखिएको बताइन् । उनका अनुसार, पुलको केही काम नभएको देख्दादेख्दै मेयर र प्रशासकीय अधिकृतले सुटुक्क रकम दिएका हुन् ।

उपमेयरले पोल खोलेपछि गरुडा नगरपालिका ६ को उपभोक्ता समितिले झिकिसकेको रकम बैंकमा दाखिला गरेको छ । उपमेयरले कागजमा पुल बनाएर भुक्तानी लिनेरदिनेबारे सम्बन्धित निकायबाट अनुसन्धान गराउने बताइन् ।

। वडा अध्यक्षहरुले केही कारण बस काम ढिलासुस्ति भएको स्वीकार गर्दै काम सुरु भईसकेको बताएका छन् ।

फोटो क्याप्सन : गरुडा नगरपालिकाको वडा नम्वर ६ पोठियाही वडा कार्यालय नजिक पक्कि पुल बनाउन ६ महिना अघि खनिएको खाल्डो । तस्वीर संजय कुमार सहनी रौतहट ।

Back to top