×

वीरगञ्ज २७ पुस । नेकपा पर्साको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपाका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा वादलले नेकपाको एकता प्रक्रिया छिट्टै टुंगोमा पुग्ने बताएका छन् । उनले माघको पहिलो सातासम्ममा एकता प्रक्रिया टुंगोमा पुग्ने बताएका हुन् ।उनले भने ‘हामीलाई थाहा छ पर्सालगायत देशका केही जिल्लामा एकता प्रक्रियामा समस्या छ । एकता प्रक्रियाका बाँकी काम यही महिनामा पूरा गर्ने सोच पार्टीको छ, आशा छ यो महिना भित्र वा ढिला भएको खण्डमा माघको पहिलो सातासम्ममा एकताका बाँकी काम पूरा हुन्छ ।’ नेकपा नेतृत्वको संयुक्त सरकारले समाजवाद निर्माण गर्दै साम्यवादसम्म पुग्नका लागि ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा लिएको उनको तर्क छ ।

Back to top