पर्सामा एक दलित महिलाको आर्थिक समस्या कमजोरका कारण उपचार गराउन धौधौ

110

वीरगञ्ज २७ पुस । पर्सा जिल्लामा रहेका एक दलितको आर्थिक अवस्था कमजोर रहेका उपचार गराउन धौधौ परेका छन् । पर्साको सखुवाप्रसौनी गाउंपालिका वडा नम्बर ५ महुवनका दलित टोल निवासीमा बसोबास गरेका सुदामा देवी चमारको ठुलो घाउ भएकाले उपचार गराउन समस्या भएको हो । सुदामा देवी चमारिन आर्थिक अवस्थाले मात्र कमजोर मात्र नभई अपांग समेत रहेकी छिन् । उनको बायां हातमा ठूलो घाउ भएकोले उपचार गराउन समेत सकेका छैनन् ।
बेला मै घाउको उपचार नगराउदा क्यान्सर हुनसकने अशंका बढेका एक स्थानीयले सुनाए । आर्थिक अवस्थाको समस्याले गर्दा अहिलेसम्म कहि कतै उपचार गराउन गएका छैनन् । यस्तो अवस्थामा पनि उनले ३ जना छोरी र १ जना छोरा , ससुरा र सासू गरि ८ जनाको परिवारलाई लालनपोषण गर्दै आएको बताउछिन् । जग्गा सम्पतीको नाममा केही पनि नरहेकाले उपचार गराउन नसकेको बताए ।
उनि सुकुम्बासी जग्गामा घर बनाई बस्दै आएको छन् । श्रीमान् काठमान्डौंमा काम गरी सबै परिवारको सदस्यको जिविकापार्जण गरेको सुनाईन् । घाउ ठुलो भए पनि आर्थिक समस्याको कारण निकै कष्ठ भएको बेला गाउं घरको औषधी पसलबाट औषधी सेवन गरेको बताए । उनले उपचार गराउनको लागि आर्थिक सहयोग र उपचार गराई दिनको अनुरोध गरेका छन् ।
दलितको नाममा बिभिन संघ संस्था र स्थानीय, प्रदेश तथा संघिय सरकारले दलितको हकहितमा काम गर्दै आएको अवस्थामा उनी उपचार बिना तडपी रहेका छन् । अहिले समम घाउबाट ग्रसित दलित महिलाको उपचारमा कसैले सहयोग गर्न नआएको पिडित महिलाले बताईन् । राजिनितीकर्मीहरुले भोट लिन मात्र आउछ तर जनताहरुको दुख सुखमा साथ दिने कोही नभएको दुखेसो पोखिन् ।