×

वीरगन्ज २६ पुस । वीरगंज महानगर–१५ लक्ष्मणवामा रहेको दिपक एन्ड राहुल इन्टरप्राइजेजमा प्रहरीले छापामारी गरेको छ ।

ग्याँस कारोबारी लालबाबूसाह कानू र निजका छोरा दीपकसाह कानूले नेपाल आयल निगमको ट्याङ्करबाट चोरी गरिएको इन्धन बिक्री गर्दै आएको उजूरीको आधारमा प्रहरीले छापामारी गरेको थियो ।

प्रहरीको छापामारीपछि कानू बाबु–छोरा फरार छन् । प्रहरीले अनधिकृतरूपमा ग्याँस पसलबाट चोरीको इन्धन बिक्री भइरहेको अवस्थामा छापामारी गरेको थियो ।

लामो समयदेखि दीपक एन्ड राहुल इन्टरप्राइजेजबाट चोरीको इन्धन बिक्री हुँदै आएको स्थानीयले बताएका छन् ।

Back to top