महानिरीक्षक सर्बेन्द्रको चर्चा र यथार्थ मूल्यांकन् – राम सर्राफ

प्रहरीका नियमित काम कारवाही पनि चर्चाका बिषय बन्छन् । प्रहरी प्रमुखको सामान्य कृयाकलापले पनि ठुलो चाँसो पाउछ । तर, कतिपय सामान्य परिस्थितिजन्य र मूल्यहिन कुरालाई अतिरञ्जित बिबाद बनाउदा समग्र प्रहरी र कानून कार्यान्बयन ब्यवस्थामा असर पुग्ने हुन्छ । यसैले बिषयमा सत्य तथ्य वुझ्न जरुरी हुन्छ ।

426

महानिरीक्षक सर्वेन्द्रको बिगत
तनहुँका उच्च खानदान र राष्ट्रसेबक कुलमा जन्मिएका सर्बेन्द्रको बालापन काठमाडौमा बित्यो । शुरुदेखि नै जेहेन्दार र जुझारु स्वाभावका उनी प्रहरीमा प्रवेश गरेपछी ूएक्सन ओरिएन्टेडू अधिकृतकारुपमा रहे । उनले कुख्यात डाँकाको डफ्फालाई उडाए । तराईमा सशस्त्र समूहको बिगबिगी निस्तेज पारे । तत्काल करिब सवासय संख्याका सशस्त्र समूहहरुलाई दर्जनमा झारे । जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष तथा सैन्य कमाण्डर राजनमुक्तिलाई उनले भारतमा समाते । गोइत समूहका ूअभिताभू, ३० भन्दा बढीको ज्यान मारेर नेपालमा लुक्न आएका बब्लु दुबे र भारतका पनि ूमोस्ट वान्टेडू ‘बोर्डर डन’ सुनील जैसवाल लगायत सयौं सुण्ड मुण्डलाई तह लगाए । अपहरणकारीको सफाया गरे ।
उनैले काठमाडौमा फुटबलभित्रको म्याच फिक्सिङको पर्दाफास गरे । फलतू नयाँ कानून आयो । गुन्डा नाइके ‘घैंटे’ को त्रास सधैको लागि हटाए । गुण्डागर्दी शुन्यमा झार्ने, पेट्रोल पम्पहरुको ठगी धन्दा रोक्ने, शैक्षिक परामर्श केन्द्र ९कन्सलटेन्सी० को नाममा मानव तस्करी बन्द गर्ने, बिद्युत ठगी र हुण्डी कारोबार घ्बस्त पार्ने उनका केही कार्यहरु हुन । निषेधित क्षेत्र तोडेकोमा गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवालगायत थुप्रैलाई नियन्त्रणमा लिने उनै हुन । काठमाडौंमा १० वर्षदेखि बिग्रिएको ट्राफिक बत्ती बाल्न र ‘स्मार्ट लाइट’ मा रिप्लेस हुन उनी नै ट्राफिक प्रहरी प्रमुख हुनु पर्योक ।
सर्वेन्द्रले बाल बिबाह, बहु बिबाह, महिला शिक्षा र दहेज मुक्तीको समस्याको सहिरूपमा पहिचान गरी त्यसको बिरुद्दमा जिहाद छोडे । महिलाको सम्मान, सुरक्षाको लागि अभियान चलाए । उनी स्थानीय क्लब, बिद्यालयका प्रिन्सिपल, ‍शिक्षक, गाँउ बिकास समितिका अध्यक्ष र पदाधिकारीहरूलाई सकृय पार्थे । बिभिन्न क्लब, एनजिओ, आइएनजिओ र कल्याणकारी सँस्थाको सहभागिता र समन्वयमा कार्यक्रम गर्थे । स्थापित कलाकारहरूको गितमा झुम्दै, नाच्दै कार्यक्रमहरू सञ्चालन गरिन्थे । बाल बिबाह, बहु बिबाहको बिकृती, बालिका शिक्षा र सिप्टीको महत्वको बारेमा सबैले राम्रो शिक्षा पाउथे । प्रहरीको कारण मधेशका धेरै घरमा शौचालय बनेको अनौठो इतिहास उनको पालामा रचिएको छ । यस्ता प्रशस्त कार्यक्रमहरू अहिले पनि युट्युबमा छन् ।
कतिपय बिदेशमा बेचिएका युबतीले उपत्यका अपराध महाशाखामा कार्यरत सर्वेन्द्रलाई फोन गर्ने र नेपाल फर्किने गरेका छन् । सर्वेन्द्रले सधै मानव बेचविखन तथा बाल यौन दुराचार लगायत सामाजिक अपराध नियन्त्रणका लागि आक्रामक अभियान चलाए । यिनले बाहिर पनि नेपालको नाम रोशन गरेका छन । इटालीमा भएको महिलासम्बन्धि अन्तरराष्ट्रिय तालीममा प्रथम भए । ूग्लोबल कम्पिटेन्सीू को आधारमा छनौट भई संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको तर्फबाट काम गर्ने प्रभावशाली पनि यिनै हुन ।

महानिरीक्षक भएपछिका कार्यहरू



यीनै कामले सर्वेन्द्र आइजीपी भए । उनी महानिरीक्षकमा नियुक्त हुँदा ३३ किलो सुन काण्डमा प्रहरी फँसेको थियो । उनले सरकारबाट गठित समितिलाई स्वतन्त्र र सुक्ष्मरुपमा काम गर्नेतर्फ वातावरण मिलाए । के कति काम भयो त्यो समितिको कुरा हो तर सर्वेन्द्रले आफ्नोतर्फ कुनै कसर बाँकी राखेनन् ।
सरुवा बढुवाको बर्षोदेखि जाम खोले । करिब ३० हजार प्रहरी कर्मचारीहरुको सरुबा र बढुवा भयो । काठमाडौमा राज गरेका प्रहरीलाई बाहिर लखेटे । प्रहरी भित्रको ूकोशेली कल्चरू समाप्त गरे । सिमाहरूमा प्रहरीहरू संलग्न हुने उठती पुठती पूर्णतस् बन्द गरे । तस्करी रोक्न प्रहरी सकृय छ । अपराध अनुसन्धानमा लोभ लालचको छाँया छैन । प्रहरीमा योग्यताको कदर र कामको सम्मान हुने अबस्था छ । असल प्रहरी हुने र उचित काम गर्ने बातावरण बनेको छ । प्रहरीको समग्र ब्यवहार सुधारिएको छ । ठुलो संख्यामा कर्मचारीहरू भएका संस्थाका एक आधबाट ब्यक्तिगत कमी कमजोरीका कारण हुने कमजोरीमा संगठन निकै कडाईका साथ प्रस्तुत भई रहेछ । आन्तरिक ूस्टिङ अपरेशनू प्रणाली सञ्चालित छन् ।
प्रहरीको सामान खरिद र आपूर्ति गर्ने प्रकृयामा अतुलनीय सुधार भएको छ । गुणस्तरमा ब्यापक सुधार छ । सिमित ठेकेदार र गुण्डाको परिचालन हुने कार्य पूर्णतस् बन्द भएको छ । देशैभरीको गुण्डागर्दीमा कडा प्रहार भएको छ । प्रहरी र गुण्डा एकैठाउ रहन सक्तैन र प्रहरी देख्दा गुण्डा थरथर काप्नुपर्छ भन्ने महानिरीक्षककै कारण काठमाडौ र बाहिरका स्थापित गुण्डाहरू मुसा बनेका छन र ति मुसा अहिले दुलो छोडेर भागेका छन् ।
तराईमा अलग्गै राज्य चाहिन्छ भन्ने सिके राउत जेलमा रौतहट जेलमा कोचिएका छन् । उनका सहयोगीहरू तितरबितर छन् । पहाडमा क्रान्तीको आगो ओकल्न खोज्ने नेत्र बिक्रम चन्द ूबिप्लबू आफै लुकिरहेकाछन । उनका ूप्रकाण्डू लाई प्रहरीले दर्जनौ ठाउ घुमाएर पनि थुनामै राखेको थियो तर अदालतले गर्दा छोड्नुपर्योै । कतिपय स्थानका बम बिष्फोट बनाउन खोजेका घटना पहिल्यै निमोठिएको छ । बिप्लवका हरेक अपराधमा मुद्दा चलाइएको छ । ठुलो मात्रामा बिष्फोटक पदार्थ समातिएको छ र चेला चपेटा जेलमा कोचिएका छन् ।
नेपाल प्रहरीले अन्तराष्ट्रिय क्षेत्रमा बिशेष स्थान बनाएको छ । इन्टरपोलको सहयोगले नेपालका दर्जनौ अपराधी समातिए । धेरै खुंखार अपराधीलाई ूरेड नोटिसू र ूडिफ्युजन नोटिसू जारी भएको छ । भरखरै कतारसंग सुरक्षा सहयोग सम्झौतापत्र ९एमओयु० भएको छ । कतारमा भएको इन्टरपोलको मिटिंङमा नेपालको प्रस्तुती बेजोड रह्यो । यसको खुलेर प्रसंसा भयो ।
यस बिचमा देशमा बिमस्टेक, एसिया प्यासीफिक समिट जस्ता अन्तरराष्ट्रिय सम्मेलन र इन्टरपोलका महत्वपुर्ण कार्यक्रम सफलतापुर्वक सम्पन्न भए । प्रहरीले प्रशस्त हातहतियार, ठुलो संख्यामा लागुऔषध समातेको छ । सयौ अपराध, गम्भीर अपराधमा सफलता मिलेको छ । बिगतका अपराधमा अभुतपुर्ब । महिला र मानव तस्करी रोक्न र अनुसन्धान गर्न देश र बिदेशबाट सहज सूचनाको लागि हेडक्वाटरमा ११७७ नंवरको निशुल्क टोलफ्री फोन स्थापना गरिएको छ । सयौ पिडितलाई भारत र तेश्रो विश्वबाट उद्धार गरी दोषीलाई कारवाही गरिएको छ ।
प्रहरीको आन्तरिक सुधार प्रहरी प्रधान कार्यालयमा जाँदा देखिन्छ । पुरानो गेट ूइलेक्ट्रोनिक ब्यारलू सहित छ । नयाँ गेट खोलिएको छ । कार्यालय परिसर बगैचा र पार्क जस्तो देखिएका छन् । नयाँ रंगरोगन र आन्तरिक साजसज्जा उत्कृष्ट छ । सिंगापुरको छनक आउने गरी फुल, क्यारी, पार्किङ स्टल र आन्तरिक ब्यवस्थापन भएको देखिन्छ । पश्चित उत्तर कुनामा हालै बनाइएको पार्कले मनै लोभ्याउछ ।
इतिहास मै पहिलो पटक नेपाल प्रहरीले जापानबाट दिइने ूडिजिटल गभरमेन्ट अवार्डू प्राप्त गर्यो । नेपाल प्रहरीको सिआइबीको ूयुएन इनभर्नमेन्ट इन्टेगरिटी अबार्डू प्राप्त गर्न सफल भएको छ । ूदक्षिण यसियाू का प्रहरीलाई यी दुबै पदक पहिलो पटक प्रदान गरिएका हुन । यो समग्र नेपाल र नेपालीको गौरब हो । हालै ूसमुदाय(प्रहरी साझेदारीू कार्यक्रम शुरुवात भयो । महिला तथा बालबालिका बिरुद्धका अपराधहरू लगायत बिभिन्न समसामयीक बिषयबस्तुहरुमा प्रहरी, बिधालय र स्थानीय निकाय सहकार्यको आधार बनेको छ । प्रहरी र समग्र जनता एकै ठाँउमा रही सुन्दर र अपराधमुक्त समाज वनाउने वातावरण बनेको छ ।
सर्बेन्द्र खनाल महानिरीक्षक भएर नै यी सम्भव भएको सहज अनुमान हुन्छ । आन्तरिक र बाह्य ब्यवस्थापन गर्न भिजन, मिसन, हिम्मत मात्र नभई ब्यक्तिगत स्वार्थ भन्दा सोच्ने ब्यक्ती चाहिन्छ । तिनवटा युएन मिसन र युएनको हेडक्वाटरमा प्रभावशाली भूमिकामा रहेका र चाहेमा तत्काल पाउनेलाई लालच गर्नुपर्ने कुरा भएन ।
अन्तमा
प्रहरीको इतिहासकै सफलताको यो अद्वितिय मोडमा ूनिर्मला पन्त काण्डू भने घाँटीमा अड्केको हाड बनेको छ । प्रारम्भिक अनुसन्धानमा नै सम्वद्ध कर्मचारीले गम्भीर कमी कमजोरी गरेकोमा सर्वेन्द्र स्पष्ट छन् । जिल्ला र इलाका प्रहरी प्रमुखको जागिर गै सक्यो । अरु आधा दर्जन प्रहरी निलम्बनमा छन । बस्नेत समितिले गरेको सिफारिश अनुरुप दोषिलाई प्रचलित कानूनबमोजिम कारवाही हुने नै छ । ूभेजिनल स्वाबू को ूसिमेन स्याम्पलू सुरक्षित छ जुन शास्वत प्रमाण हो । यसैको मद्धतले अनुसन्धानलाई ूलजिकल इण्डू मा लगेर सर्वेन्द्रले आफ्नो इतिहास निरन्तर गर्ने नै छन् । यो बर्षका करिब १५ सय मध्येको एउटा मुद्दामा र प्रत्येक दिन औषतमा ६ बटा मुद्धा मध्येको यसमा तत्काल सफलता प्राप्त नभएकोमा अन्य सबैतर्फ अब्बल महानिरीक्षकलाई बिबादमा ल्याउनु उचित होइन । अनुसन्धानको लागि केही थप समय दिऔ ।
प्रहरीलाई रोल मोडेल बनाएर समाज सुधार्न खोज्ने ूट्रेन्ड सेटरू नेतृत्वलाई अनावश्यक बिबादमा ल्याउन हुदैन् । तराइका बोर्डर डन, डाँकाका सरदार, म्याच फिक्सिङका नायक, ठग पेट्रोल पम्पका पक्षपोषक, कन्सलटेन्सी नामका मानव तस्कर, हुण्डी र बिधुत चोरीका मतियार र अन्य स्वार्थ यो खेलमा लागेको हुनसक्छ । मल्टिप्रपोज हल बनाउन खोजेको र वुलेटप्रुफ कार चढेको भनेर बिबाद बनाउन खोज्ने पनि यस्तै तत्व हुन् । संगठनकै धरोहर र नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जाने यी आधारभूत कुराहरुमा चर्चा गरी एक ूमिशन ओरिएन्टेडू महानिरीक्षकलाई बिबादित हुदैन ।