×

वीरगंज, २५ पुस । सर्वसाधारणको भैंसी चोरेर चाइना हाइजेनिक मिट प्रोडक्टस एण्ड सप्लायर्स मासु उद्योगलाई बिक्री गर्ने चोर सहित उद्योगका केही व्यक्तिहरु पक्राउ परेका छन् । वीरगजको वडा नं. १८ स्थित सौराहाटोलमा रहेको चाइना हाइजेनिक मिट प्रोडक्टस एण्ड सप्लायर्स धेरै विवादमा परेको उद्योग हो । चाइनिजहरुद्वारा संचालित यो उद्योग स्थापना भएदेखि सर्वसाधारणहरुको गाईभैंसी बढि नै हराउन थालेको छ । वीरगंज महानगरपालिका वडा नं. २९ बस्ने रामायण राउत अहिरको सोमबार राती १० बजे भैंसी चोरी भएको थियो । भैंसी चोर वाजिल देवान र रेयाजुल देवानले चोरी गरेको भैंसी चाइना हाइजेनिक मिट प्रोडक्टस एण्ड सप्लायर्स मासु उद्योगमा लगेर बिक्री गरेका थिए । बिक्री गरे लगत्तै ब्याउने (गर्भवती) सो भंैसीलाई मारेर मासु तयार गर्ने दरम्यानमा प्रहरीको सहयोगमा छापामारी गरेर उद्योगबाट पिन्टु उपाध्याय भन्ने दया उपाध्याय, काशी पाण्डे, ज्ञानु उपाध्याय, गार्डहरु, बिजय लामा, हरिन्द्र पटेल र भैंसी चोरी गरी लग्ने वाजिल देवान, रेयाजुल देवानलाई प्रहरीले गिरफ्तार गरी वडा प्रहरी कार्यालय श्रीपुरमा ल्याएको थियो । अहिले प्रहरीले सम्पूर्ण दोष गार्डमाथि खन्याएर उद्योगमा कार्यरत बाकी सम्पूर्ण कर्मचारीहरुलाई छोडी दिएको खबर प्राप्त भएको छ । आफ्नो उद्योगमा कार्यरत व्यक्तिहरुलाई छुटाउन सो उद्योगका संचालक चाइनिज नागरिक छानजि· वडा प्रहरी कार्यालय श्रीपुर पुगेका थिए । संघीय समाजवादी फोरम नेपालका एक नेतााकाे दबावमा प्रहरीले यो चोरी काण्डमा मोलाहिजा गरेको आरोप लगाइदै छ ।

Back to top