नारायणी उपक्षेत्रिय अस्पतालको आकस्मिक सेवा वाहेकका सवै सेवाहरु ठप्प

1404

वीरगंज २४ पुस । वीरगंजको नारायणी उपक्षेत्रिय अस्पतालमा कार्यरत चिकित्सकहरुले मंगलवार विहान १० वजे देखि ११ वजे सम्म आकस्मिक सेवा वाहेकका सवै सेवाहरु ठप्प गरी कार्यालय अगाडी एक घण्टा धर्ना दिएका छन् ।
सरकारले ल्याएको कर्मचारी समायोजन विध्येकको विरोधमा वीरगंज लगायत देश भरका सरकारी चिकित्सकहरु आन्दोलित भएका छन् । सरकारले निजामती कर्मचारी र स्वास्थ्यकर्मीहरु विच व्यापक विवेद गरेको चिकित्सकहरुको भनाई रहेको छ । सरकारको रवैयाका कारण स्वास्थ्य सेवा प्रभावित हुने चिकित्सकहरुको भनाई रहेको छ ।
समायोजन विध्येक अन्तगत सरकारले निजामती कर्मचारीहरु ग्रेड वढुवा गरेको भए पनि स्वास्थ्य सेवामा आवद्ध रहेका चिकित्सकहरुको हकमा भने सरकारले त्यसो नगरी विवेद गरेको चिकित्सक उदयनारायाण सिहले वताउँनु भयो । सरकारको विधेकको नेपाल चिकित्सक संघको आहवानमा देशै भरी सरकारी कार्यालयका डाक्टरहरुले आन्दोलन शुरु गरेको छ ।
सरकारले चिकित्सकहरुको माग सुनवाई नगरे वाध्य भएर कडा भन्दा कडा आन्दोलन गर्ने चिकित्सकले जनाएका छन् । आन्दोलन भोली पनि जारी रहने चिकित्सकहरुको भनाई छ ।