×

वीरगंज २३ पुस । वीरगंज महानगरपालिकाका कर्मचारीहरू आज पाचौ दिनपनि काम ठप्प पारेर आन्दोलन गरेका छन् ।

कर्मचारी समायोजनको विरोधमा नेपाल नगरपालिका कर्मचारी एसोसिएशन र स्थानीय निकाय कर्मचारी सङ्घ वीरगंज महानगर एकाइको आह्वानमा पुस १९ गते बिहीवारदेखि अनिश्चितकालीन आन्दोलनमा लागेका कर्मचारीहरूले आज पाचौ दिनपनि कार्यालयमा धर्ना दिएर कामकाज ठप्प पारे ।

एसोसिएशनका अध्यक्ष सोहन थापाले मेयर विजय सरावगी र प्रमुख प्रशासकीय अधिकृत डा। भीष्म भुसाल कर्मचारी आन्दोलनप्रति गम्भीर नभएको आरोप लगाए । उनले महानगरलाई आर्थिक भार पर्नेगरी गरिएको कर्मचारी समायोजनको विरोध गर्दा अहिलेसम्म वार्ता, संवादको लागि पहल नभएको बताए । अध्यक्ष थापाले हिजो राति प्रमुख प्रशासकीय अधिकृतले मौखिकरूपमा वार्ताको लागि आह्वान गरेको भएपनि अहिलेसम्म लिखितपत्र नदिएको र आप्mनो तर्पmबाट वार्ता कमिटी पनि तय नगरेको बताएका छन् ।

यता महानगरपालिकाका कर्मचारीहरू आन्दोलनमा रहेपछि वडा र महानगरबाट प्रदान गर्नुपर्ने सेवा प्रभावित भएको भन्दै आज बिहान ११ बजेदेखि नगरपालिकाको बोर्ड बैठक बसेको छ । बोर्ड बैठकले प्रमुख प्रशासकीय अधिकृत डा। भुसालको नेतृत्वमा चारजना वडाध्यक्ष्ँ रहनेगरी ५ सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीले आजै कर्मचारीहरूसँग संवाद गर्ने बताइएको छ ।

Back to top