×

वीरगन्ज १८ पुस । ईलाका प्रशासन कार्यालय, सिमरा बारामा कार्यरत कम्प्यूटर सहायक राज्यनारायण साहलाई घुस सहित अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ ।

सेवाग्राहीसँग घुस लिएको नगद १५ सय रकम सहित अख्तियार अनुसन्धान आयोग क्षेत्रिय कार्यालय हेटौडाको टोलिले पक्राउ गरेको हो ।

सेवाग्राहीलाई नागरिकता बनादिने विषयमा अर्को जिल्लाबाट विवरण खुलाई पठाउन कागजात माग गर्नका निमित्त निज साहले हिजो केही रकम माग गरेका थिए । सेवाग्राहीले माग बमोजिमको रकम दिने भनेपछि साहले आज सेवाग्राहीलाई बारम्वार फोन गरी काम भईसकेको भन्दै नागरिकता लिन बोलाएका थिए ।

अख्तियार हेटौडाको टोलिलाई सेवाग्राहीले उजुरी गरेपछि अख्तियारको टोलि बारा आईपुगेको थियो ।

पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि आयोगको क्षेत्रिय कार्यालय, हेटौडा लगिएको छ ।

Back to top