×

वीरगंज, १६ पुस । पकाहा मैनपुर गाउपालिका वडा नं. १ बस्ने ५ वर्षको बालिका बलात्कार भएकी छिन् । आइतबार घरको आ“गनमा खेलिरहेको अवस्थामा बालिकालाई घर नजिकैको छिमेकीले चकलेटको बहानामा फकाई–फुलाई आफ्नो घरमा लगी बलात्कार गरेको बालिकाको आमाबाबु बताएका छन् । बालिका कराएपछि बालिकाको आमा बाबु निज अपराधीको घरमा जा“दा अपराधी बालिकालाई घरमा छाडी फरार भएका थिए । बालिकाको अवस्था गम्भिर देखेर चेकजा“चको लागि अस्पताल ल्याउन खोज्दा निज अपराधीको परिवार तथा टोलका केही व्यक्तिहरुले सो बलात्कारको कुरालाई साम्य बनाउन समेत दबाब दिएका थिए । उनीहरुको दबावमा नपरी बालिकाको आमाबाबुले प्रहरीलाई जानकारी गराई बालिकालाई नारायणी उपक्षेत्रिय अस्पतालमा चेकजा“च गराउन ल्याएका थिए ।

फरार रहेका अपराधीलाई प्रहरीले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय क्राइम ब्रान्चका प्रहरी निरिक्षक राजेश दत्तले जानकारी गराउनु भयो ।

Back to top