×

वीरगंज १५ पुस । लामो अन्तरालपछी वीरगंजमा अन्तराष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रम हुन लागेको छ । शालिमारले प्रजेन्टस् गरेको धर्मेश लाईभ इन नेपाल कार्यक्रम वीरगंजमा आयोजना हुन लागेको आज पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी गराएको हो ।

सिटि डान्स एकेडेमी, सि आई ए पर्साको संयुक्त आयोजनामा समाजिक वातावरणमा अन्तराष्ट्रिय स्तरको कार्यक्रम यही पौष २१ ग्ते शनिवार वीरगंजको आदर्शनगर रंगशालामा आयोजना हुने कार्यक्रम संयोजक राजन रौनियारले जानकारी गराएका छन् ।

कार्यक्रमका लागी भारत तथा अन्तराष्ट्रिय स्तरमा डान्सको माध्यमले ख्याती कमाएका भारतीय कलाकार धर्मेशको मुख्य आकर्षण रहने कार्यक्रममा नेपालका डान्स प्लसमा टप ५ मा पर्न सफल ए स्क्वार चौधरी ब्रदर्श, यस्तै भ्वाईस अफ नेपालका विवेक परियार, मन्दिप खड्का, सदाम हुसेन, सुभम भुजेल र सिटि डान्स एकेडेमीका कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी गराएको छ ।

वीरगंजमा हालसम्म आयोजना भईरहेको कार्यक्रमहरु मध्ये यस कार्यक्रम पृथक किसिमले गरिने आयोजकले बताएको छ । अन्तराष्ट्रिय प्लेटफर्ममा अपनाईने सुरक्षाको चुनौति, दर्शक र भिआईपिको व्यवस्था समेत गरिएको आयोजक मध्येका सह संयोजक श्याम किसोरले बताए ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्राईभेट सक्यूरीटी गार्ड सहित २ सय भन्दा बढी सुरक्षाकर्मीका साथै २५ वटा अत्याधुनिक सिसिक्यामरा जडान सहितको सुरक्षा प्रबन्ध मिलाएको आयोजकले जनाएको छ । यससंगै नेपाल रेडक्रस सोसाइटिको समन्वयमा एम्बुलेन्स र वीरगंज महानगरपालिकाको सहयोगमा बरुणयन्त्रको समेत व्यवस्था मिलाएको छ । कार्यक्रममा स्थानीय सञ्चारकर्मी, नेपाल पत्रकार महासंघका जिल्ला सचिव युवराज खड्का, वातावरण जीवने अधारका केन्द्रय अध्यक्ष अकाश चौहान लगायतको उपस्थिति रहेको थियो ।

Back to top