×

वीरगंज १५ पुस । नेपाल शिक्षक महासंघ पर्सामा नेपाली काग्रेस निकट नेपाल शिक्षक संघ विजयी भएको छ । जिल्ला स्तरमा नेकपा निकट नेपाल राष्ट्रिय शिक्षक संगठन दोस्रो र संघीय फोरम निकट संघीय शिक्षक फोरम नेपाल तेस्रो बनेको छ । संघले वीरगज, पोखरीया, पर्सागढि, ठोरी, पकहामैनपुर, छिपहरमाई, जगरनाथपुर, पटेर्वासुगौली, जिराभवानी र धोविनी गरी १० वटा स्थानीय तहमा विजय भएको हो । यस्तै संगठनले बहुदरमाई,सुखवा प्रसौनी,विन्दावसिनीमा गरी ३ वटामा विजय हासिल गरेको छ भने शिक्षक फोरमले कालिकामाई विजय हासिल गरेको छ । ९ वटा शिक्षक संस्था भाग लिएको चुनावको नतिजा अनुसार संघले जिल्लाभरीमा जम्मा ८६६ मत पाएको छ भने संगठनले ७२६ मत ल्याएको छ । त्यसैगरी शिक्षक फोरमले ५१६ मत ल्याइ तेस्रो स्थान हासिल गरेको प्रमुख निर्वाचन अधिृकृत अधिवक्ता सन्तोष कुमार श्रीवास्तवले बताउनुभयो । २ हजार ५ सय ७३ जना मतदातामा २ हजार ३ सय २५ मत खसेको थियो ।जसमा ६६ मत बदर भएको निर्वाचन समितीले जनाएको छ ।

Back to top