×

वीरगंज १६ पुस । वीरगंजमा रहेको नारायणी रंगशालालाई प्रादेशिक रंगशाला बनाउन माँग गर्दै आज वीरगंजमा मानव सांगलो बनाइएको छ । नेकपा पर्सा , नेपाली काँग्रेस र राजपा नेपालका केही नेताहरुको बिशेष पहलमा सो मानव सांगलो बनाइएको हो । देशकै सवैभन्दा बढि क्षेत्रफल भएको नारायणी रंगशालालाई प्रादेशिक रंगशाला नबनाई जनकपुरमा प्रादेशिक रंगशाला बनाउन लागेको भन्दै वीरगंजका नेता कार्यकर्ताहरु आक्रोशित भएका छन । सहभागिहरुले वीरगंजमा प्रादेशिक रंगशाला नबनाए प्रदेश सरकार बिरुद्ध कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए । मावन सांगलोमा पुर्व सांसद बिचारी यादव, अनिल रुगंटा, प्रदेश सभा सदस्य राजेश्वर साह तेली, नेपाली काँग्रेसका सभापति अजय द्धिवेदि,पुर्व सभापति सुरेन्द्र चौधरी, नेकपा पर्साका संयोजक प्रभु हजरा, वीरगंज उद्योग वाणिज्य संघका बरिषठ उपाध्यक्ष गोपाल केडिया, उद्योगपति अशोक वैद्य, राजपाका युवा नेता राजेशमान सिंह, नेजामुदिन समानी,रामकिसोर सिंह पराग,बसरुदिन अंसारी दिलिपराज कार्की लगायत हजारौं कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Back to top