बीरगंज १५ पुष । हिजो सम्पवन्न भएको नेपाल शिक्षक महासंघको निर्बाचनमा बहुदरमाई नपा, बिन्दवासिनी गाऊंपालिका र सखुवा प्रसौनी गाऊंपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठनका उम्देवारहरु क्रमश रामजी चौहान, धर्मेन्द्र चौबे र प्रदिप चौधरी निर्बाचित भएका छन । उहांहरु सबैलाई नेकपा नेता तथा पुर्ब सांसद राजकुमार गुप्ताले स्वागत तथा शुभकामना समारोहको आयोजना गरी सम्मानित गर्नुभएको छ । सो अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष शिवनाथ महतो थारु, बिन्दवासिनी गाऊंपालिकाको अध्यक्ष श्रीलाल साह कानु (मोदी), प्रमोद तिवारी नेताहरु गौरिशंकर प्रसाद गुप्ता, लक्ष्मण चौरसिया, सागिर मियाँ,संजय चौहान, हनिफ अन्सारी, गम्भिरा साह, जसवन्त यादब, बहुदरमाई नगरपालिका वडा अध्यक्ष केदारनाथ तिवारी,रामेश्वर साह कानु,शिवम साह, लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नेकपाका नेता राजकुमार गुप्ताले निर्बाचितहरुलाइ सबै शिक्षकहरुको विश्वास जित्ने गरि काम गर्न आग्रह गर्नुभएको थियो । सो अवसरमा सहभागि शिक्षकहरुले पर्सामा शिक्षक महासंघका निर्बाचिनमा पर्सा क्षेत्र नम्बर ३ कै तीनवटा पालिकाका शिक्षक संगठनका उम्मेदवारहरुलाई निर्बाचित इज्जत राखेको धारणा समेत राखेका थिए ।