रौनियार निलम्बनमा परेका छैनन मंगलवार देखी संसदमा प्रवेश गर्ने – उपप्रधानमन्त्री यादव

871

Share
  • 1.4K
  •  
  •  
    1.4K
    Shares

वीरगंज १५ पुस । संघिय समाजवादी फोरमका अध्यक्ष एवम उपप्रधान तथा स्वास्थय मन्त्री उपेन्द्र यादवले पर्सा क्षेत्र नम्बर ३ का सांसद एवं पप्पु कन्शट्रकसनका संचालक हरिनारायण रौनियार निलम्बनमा नपरेको दाबी गर्नु भएको छ ।

आइतवार बीरगन्जमा आयोजीत पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले रौनियार निलम्बनमा नपरेको प्रष्ट गर्दै उहां मंगलवार देखी संसदमा प्रवेश गर्ने खुलासा गर्नु भयो ।
मन्त्री यादवले रौनियारको निलम्बन बारे मिडियामा आएको समाचार निराधार भएको बताउनु भयो ।

पप्पु कन्सट्रक्शनका संचालक समेत रहेको रौनियारमाथी अख्तियार दुरुपयोग अनुसंधान आयोगले बिषेश अदालतमा मुद्दा परेपछि उनलाई संसद सचिवालयले निलम्बन भएको सुचना जारी गरेको थियो । रौनियार निलम्बनमा परेकै कारण पर्सा क्षेत्र नम्बर ३ बाट कुनैपनि योजना छनौट हुन सकेको छै्न् ।

मन्त्री यादवले संघिय प्रणलीलाई बलियो बनाउन संविधानमा संशोधन तथा राष्ट्रिय एकतालाई भावनात्मकरुपमा मजबुत बनाउनु पर्ने बताउनु भयो । मुलुकमा हाल रहेको स्वास्थ नितीले नागरिकको मौलिकहकको रुपमा रहेको उपचार पाउने अधिकार पुराहुने अवस्था नभएकोले यसलाई परिवर्तन गर्न गृहकार्य भइरहेको यादवले बताउनु भयो ।

फरक प्रसंगमा मन्त्री यादवले राजपा संगको एकताको विषयमा ६ जना अध्यक्षको फरक फरक कुराले समस्या भएको बताउनु भयो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here