×

वीरगन्ज १४ पुस । पर्साको जिराभवानी गाँउपालिका र ठोरी गाँउपालिकामा पर्ने पर्सा राष्ट्रिय निकुञ्जको नियम विपरीत सयौ ट्रक गिट्टी र बालुवा भण्डारण गरेर राखिएको छ । आम उपभोक्ता हरुको नाममा पर्सा राष्ट्रिय निकुञ्जबाट मध्यवर्ती क्षेत्र भित्रका उपभोक्ताहरुको घर बनाउने भनि अनुमति लिई तस्करहरुले भारत तस्करी गर्नको लागी सयौ ट्रक गिट्टी र बालुवा भण्डारण गरेर राखेका छन् ।

भारतीय सीमा छेउका जगतिया, गम्हरिया, बाघमोर्चा खोला, लाटोमाई मन्दिर नजिक पर्साका गाँउहरुमा तस्करहरुले अवैध रुपमा भण्डारण गरेर राखेको बालुवा र गिट्टी मौका छोपेर भारतमा तथा मध्यवर्ती क्षेत्र बाहिर तस्करी गर्ने गरेको स्थानीय गाँउलेहरुले बताएका छन् । निकुञ्ज भित्र रहेको बाघमोर्चाको ओरीया खोलामा ठेक्का नभएपछि तस्करीमा वृद्धि भएको स्थानीयबासीले बताएका छन ।

यसैबिच सुवर्णपुरमा रहेका सुनाखरी उपभोक्ता समितीले सोमबार छड्के अनुगमन गर्दा बालुवा सहितको एउटा टयाक्टरलाई नियन्त्रणमा लिएको छ । पर्साको जिराभवानी गाँउपालिका हुदै बालुवा मध्यवर्ती क्षेत्र भन्दा बाहिर लगीरहेको अवस्थामा ना ३ त ५५३६ नम्बरको टयाक्टर समितिले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको टयाक्टरमा रसिद काटिएको बालु्वा भएपनि त्यहि टयाक्टरमा गिट्टी पनि लोड गरीएकोले नियन्त्रणमा लिइएको उपभोक्ता समितीका सचिव जिवन श्रेष्ठले जानकारी दिए ।

Back to top