×

वीरगन्ज १२ पुस । प्रदेश न २ का भौतिक पुर्वाधार बिकास मन्त्री जितेन्द्र सोनलले चुरे अतिक्रमनले नेपालसँगै भारत र बगंलादेशसमेत जोखिममा परेको बताएका छन् ।

जल तथा उर्जा आयोग सचिवालय ,सिंहदरबार काठमाडौले जनकपुरमा आयोजना गरेको “प्रान्तिय परामर्श कार्यशाला गोष्ठी लाई सम्बोधन गर्दै मन्त्री सोनलले यथाशीघ्र चुरे संरक्षण गर्नमा जोड दिएका छन् ।

कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाइएन भने चुरेले मधेस लाई मात्र होइन यसले तीन वटा मुलुक नेपाल ,भारत र बाङ्लादेशलाई समेत प्रभावित पार्नसक्ने खतरा रहेको जोड दिनु भएको छ ।

तीब्र गतिमा चुरे क्षेत्रमा मानव बस्ती को पहुँच हुदै छ, मन्त्री सोनलले भने,‘ चुरे क्षेत्रमा मानव बस्ती नरोकिए अगामी १० बर्षमा यसको संरक्षण गर्न सक्दिैन ।’

प्रदेशको समृद्धि र बिकासका लागि चुरे संरक्षण गर्न र आर्थिक बिकास संग जोड्नका निमित्त टुक्रे गोष्ठी गरेर सम्भव हुँदैन ।

चुरे संरक्षणका लागि एकीकृत गोष्ठीको आवश्यकता छ, उनले भने । प्रदेश लाई समृद्ध बनाउन कृषि ,पर्यटन र उद्योग कलकारखाना लाई मुल आधार ल्याएर अगाडि बढ्नुपर्ने सोनलले बताए ।

कृषि उद्योग को प्रचुर सम्भावना रहेको प्रदेश २ लाई कच्चा पदार्थ प्रयाप्त रहेकोले उद्योगिक क्षेत्रमा विकास गर्नु पर्नेमा उनले जोड दिए ।

Back to top