×

वीरगंज, १२ पुस । युवा वचन वीरगंजद्वारा सडकपेटी फुटपाथमा कष्टकर जीवन बिताइरहेका व्यक्तिहरुलाई कम्बल र बिछ्याउने मेट बितरण गरिएको छ ।

युवा वचन वीरगंजका अध्यक्ष पीयूष कदमियाको अध्यक्षतामा कम्बल बितरण कार्यक्रम गरिएको थियो । कार्यक्रममा व्यवस्थित वीरगंज अभियानका संयोजक दिलिपराज कार्की, सामुदायिक सेवा केन्द्र मुर्लीका सचिव दिलिप प्रधान, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्र बहादुर मल्ल, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निसान थापा, मानव सेवा आश्रमका दिबेश गुप्ता, अजित भुजेल, जाकिर हुदेन, सुनिल श्रेष्ठ, रोहित शर्मा, श्याम सरार्फ लगायतको सहभागीता रहेको थियो ।

Back to top