×

वीरगन्ज १० पुस । हिरासतभित्र रहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको स्वास्थ्यस्थिति दिनप्रति दिन बिग्रिँदै गएको छ ।

उनको किड्नीमा समस्या देखिएको गठबन्धनका नेता जासर यादवले जनाएका छन् । नेता यादवका अनुसार करिब एक महिना अगाडि बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्चमा झिकाइएको बेला टिचिङ्ग अस्पतालमा डा.राउतको स्वास्थ्य परीक्षण गरिएको थियो ।

चिकित्सकहरुले डा.राउतको दुवै किड्नीमा समस्या देखिएकोले पुनः १० दिनपछि चेकचाँज गराउन सल्लाह दिएका थिए ।

यता, स्वास्थ्यमा समस्या देखिन थालेपछि रौतहट कारागार प्रशासनलाई स्वास्थ्य चेकजाँचका लागि पत्राचार गरेपनि बेवास्ता गरिएको छ ।

यसैगरी, प्रहरी हिरासतभित्रै मृत्यु भएका बाँकेका राम मनोहर यादवको जस्तै अवस्था हुने हो कि भन्दै गठबन्धनका नेताहरुले चिन्ता व्यक्त गरेका छन् ।

स्व.राम मनोहरको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि तदारुकता नदेखाउँदा ढिलो गरी अस्पताल पु¥याइए पनि मृत्युवरण गर्नुपरेको गुनासो गठबन्धनका एक नेताले गरेका छन् ।

राम मनोहरको मृत्यु भएको तीन महिनाभन्दा बढी समय भइसक्दा पनि शव अहिले पनि टिचिङ्गमै रहेको छ ।

Back to top