×

वीरगंज, २८ मंसिर । पर्सा प्रहरीले अवैध भारतीय मुद्रा सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला चैलाहा थाना वडा नं. ९ बस्ने शेष खलिलको छोरा बर्ष ५५ का महमद मैनुलहक रहेका छन ।

विशेष सुचनाको आधारमा वीरगंज १६, इनर्वा चौक स्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा मंगलबार साँझ कालो रंगको झोलामा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा भारतीय मुद्रा रु ५०० दरको नोट ३ सय ४० थान गरी जम्मा रु एक लाख ७० हजार सहित मैनुल हकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेका हकलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग मध्य क्षेत्रिय कार्यालय पथलैया, बारा पठाइएको छ ।

Back to top