×

बीरगंज २६ मंसिर । ब्राण्डेड कोरियन सामग्रीहरुको सुपथ मुल्यमा बिक्री वितरणका लागि आजबाट वीरगंजको आदर्शनगरमा जिमिसो शोरुमको भव्य उद्घाटन भई संचालनमा आएको छ । वीरगंजको आदर्शनगरमा महिला उद्यमीहरुको सहभागितामा संचालित शोरुममा विभिन्न ८ हजार ब्राण्डका स्टेसनरी, खेलौना, घरायसी समाग्री, कपडा, कस्मेटिक, भाडा वर्तन, इलेक्ट्रोनिक समानहरु एक साथ उपलब्ध हुने शोरुम संचालक स्वाति चाचानले जानकारी दिनुभयो । जिमिसो शोरुमको ३८ देशमा शाखाहरु रहेको र नेपालमा काठमाण्डौ र बुटवल पछि बीरगंजमा तेश्रो शाखाको रुपमा कोरियन सामग्री विक्री वितरण गर्न यो शोरुम संचालनमा ल्याईएको अर्की संचालक मृदुला चाचानले जानकारी दिनुभयो । स्वाति चाचान, मृदुला चाचान, निकिता मित्तल, पायल मित्तलको संयुक्त लगानीमा शोरुम संचालनमा आएको र हाल १ करोड भन्दा बढीको सामान राखिएको र आगामी दिनमा उपभोक्ताको माग बमोजिम सम्पूर्ण सामान एउटै थलोमा उपलब्ध गराउन आफूहरु सक्षम हुने स्वाति चाचानले जानकारी दिनुभयो । विशेष गरी प्रदेश नम्बर २ का ग्राहकहरुलाई लक्षित गरी ब्राण्डेड कोरियन सामग्री उपलब्ध गराउन शोरुम सचालनमा ल्याइएको संचालक निकिता मित्तलले बताउनु भयो । शोरुम संचालनमा आएसँगै आजैबाट उपभोक्ताहरुको घुईचो लागेको थियो ।

Back to top