×

बारा, २४ मंसिर बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित शालिमार सिमेन्ट उद्योगमा लगाइएको ताला खोलिएको छ । स्थानीयले युनिटेक उद्योगमा भने तालाबन्दी यथावत राखेका छन् । जितपुरसिमरा वडा नम्बर ६ र ३ का स्थानीयहरुले आईतवार तालाबन्दी गरेका थिए ।

विगत लामो समय देखि युनिटेक उद्योगका कारण प्रदुषण भएको भन्दै नियन्त्रण गर्न स्थानीयले पटक–पटक आग्रह गर्दासमेत उद्योग प्रशासनले अटेर गरे पछि ताला लगाइएको स्थानीयले बताएका छन् ।

उद्योगबाट निश्कने धुवाका कारण यहाका स्थानीयहरु रोगी बन्दै गएको, बालबालिकालाई आँखा र स्वासप्रस्वास सम्बन्धि समस्या हुँने गर्नुका साथै खेतीयोग्य जग्गासमेत बाझो बन्दै गएको आरोप स्थानीयले बताए ।

युनिटेक उद्योगका प्रशासकीय अधिकृत बिजय कुमार कर्णले आँफूहरुको उद्योगले कुँनै प्रकारको पनि प्रदुषण नगरेको बताएका छन् । यस उद्योगले पहिला–पहिला प्रदुषण फैलाईरहेको स्वीकार गर्दै प्रशासकिय अधिकृत कर्णले अहिले आँफूहरुले प्रदुषण नियन्त्रणका गर्न लागि परेको बताएका छन् । प्रदुषण नियन्त्रणका लागि पहिलो पटक सो उद्योगमा चाईनिज प्लान्ट लगाउन साथ प्रदुषण नियन्त्रण गरिएको ठोकुवा गर्छन् ।

Back to top