पर्सामा नेविसंघको विवाद चर्किदै, केन्द्रले भन्यो द्धिवेदीको कदम गलत

374

Share
  • 142
  •  
  •  
    142
    Shares

वीरगञ्ज, २४ मंसिर, नेपाली कांग्रेस पर्साका सभापति अजय द्धिबेदीले आफ्नो भतिजालाई नेविसंघ पर्साको अध्यक्ष बनाएपछि भ्रातृ संगठनका पर्सा जिल्ला समितिको किचलो बढेको छ । नेविसंघको केन्द्रीय समितिले अध्यक्ष द्धिवेदीलाई स्थनीय तहको अभिवेशन गरेपछिमात्र जिल्लाको अधिवेशन गरी नेतृत्व चयन गराउन पत्र पठाएको छ । नेविसंघका मुख्य सचिव डिल्लीराज हमालले जिल्ला अध्यक्ष द्धिवेदीलाई पत्र लेखी यस्तो जानकारी गराएका हुन् । नेविसंघको केन्द्रीय महाधिवेशन घोषणा भइसकेको अवस्थामा पार्टीका जिल्ला अध्यक्ष द्धिवेदीको एकल निर्णयमा अध्यक्ष मनोनित गरिएको पत्र थमाएपछि नेविसंघमा विवाद चर्किएको हो । द्धिवेदीले केही दिनअघि भतिजा विश्वास रन्जन द्धिवेदीलाई विवादबीच नेविसंघ पर्साको अध्यक्ष मनोनित गरिएको पत्र दिएका थिए । नेविसंघ केन्द्रीय कार्यालयले खटाएका प्रतिनिधिबाट स्थानीय तहको अधिवेशन गरेरमात्र जिल्लाको अधिवेशन गर्न जानकारी भएको भन्दै सोही अनुसार गर्न पत्रमा भनिएको छ । सो पत्र नेविसंघका स्थानीय नेताले जिल्ला अध्यक्ष द्धिवेदीलाई बुझाएका छन् । सो भेटमा नेविसंघका नेता कार्यकर्ताले भ्रातृ संगठनको आन्तरिक मामिलामा अनवश्यक हस्तक्षेप र विधानविपरीत काम नगर्न आग्रहसमेत गरेको बताइएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here