×

वीरगंज, २१ मङ्सिर - वीरगंज युनाइटेड गृहनगरमा सम्मानित वीरगंज नेक्सस क्रिकेट एकेडेमीले काठमाडौंको मुलपानीमा आयोजना गरेको मिलानो नेक्सस कप अन्डर १६ टि—ट्वाइन्टी क्रिकेट प्रतियोगिताको विजेता टोली वीरगंज युनाइटेडलाई गृहनगर वीरगंजमा सम्मान गरिएको छ ।

राष्ट्रिय जनता पार्टीले एक कार्यक्रम गरि टोलीलाई सम्मान गरेको हो । यही मंसिर ७ देखि १४ गतेसम्म चलेको प्रतियोगितामा सहभागि १२ टोलीलाई उछिन्दै वीरगंज युनाइटेडले उपाधी चुमेको थियो । प्रतियोगिताको फाइनलमा वीरगंज युनाइटेडले सनराईज क्रिकेट क्लब महेन्द्रनगरलाई पराजित गर्दै उपाधि जितेको थियो ।

सम्सद अलि मन्सुरको कप्तानीमा रहेको टोलीमा समिर मन्सुरी, निखिल सिंह, सैफ अलि हवारी लगायत खेलाडि रहेका थिए । टोलीमा सहभागि सबै खेलाडिलाई सम्मान गरिएको हो । कार्यक्रममा राजपाका महासचिव राजेशमान सिंहले युवाहरुको प्रतिभालाई उजागर गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा पार्टीका नेजामुद्धिन समानि,प्रेमबाबू पटेल , उमेस सहनि मिनु ठाकुर, मुन्नी श्रीवास्तव अफराेज अालम , भुसाल चाैरसिया लगायतको उपस्थिति रहेको थियो ।

Back to top