×

वीरगंज, २१ मङ्सिर - वीरगंज महानगरपालिका नेतृत्वको अर्दुदर्शी निर्णयका कारण लाखौंको लागानी बालुवामा पानी सावित भएको छ । महानगपालिकाको नेतृत्वमा नगरप्रमुख विजय कुमार सरावगी आएपछि उनले गरेको अर्दुदर्शी निर्णयले महानगरपालिकालाई आर्थिक भार थपनु बाहेक कुनै फाइदा दिएको छैन ।

मेयर सरावगीको गलत निर्णयको कारण पछिलो समय महानगरपालिकालाई लाखौं आर्थिक नोक्सानी हुने निश्चित देखिएको छ । विषय बस्तुको गम्भिरतालाई मुल्याँकन नै नगरी मेयर सरावगीले बच्चा बुच्ची पारामा गरेको निर्णयले जनताले तिरेको कर प्रतिफल विहिन कार्यमा खर्चिएको तथ्यहरु प्रकासमा आउन थालेका छन् ।

अदालतमा विचाराधीन रहेको जग्गामा ५ वर्षपछि माटो पुरेर व्यक्तिविशेषलाई मेयर विजय सरावगीले फाइदा पु¥याउने कार्य गरेका छन् । वीरगंज महानगरपालिकाको वडा नं. ४ पुरानो भगवती राइस मिल रहेको एक बिघा १५ कठ्ठा जग्गामा माटो पुर्ने काम गरेपछि सोविरुद्ध अदालतमा मुद्दा परेको थियो ।

अदालतले मङ्सिर ८ गते माटो पुर्ने काम रोक्न आदेश जारी गरेको थियो । सोविपरीत महानगरपालिका मेयर सरावगीले माटो पुर्ने कामलाई निरन्तरता दिएपछि मङ्सिर १८ गते पुनः आदेश जारी गर्दै माटो पुर्न रोक लगाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त जग्गा ५ वर्ष अघि नेपाल सरकारको नाममा कायम गरेको थियो ।

अहिले स्व. कुलबहादुरसिंह ठकुरीका छोरा प्रीतमसिंह ठकुरी, स्व. जोखुसाह कानूका छोरा जगदीशसाह कानू र स्व. सुरेन्द्र विक्रम शाहका छोरा शरदविक्रम शाहले अख्तियारले नेपाल सरकारको नाममा कायम गरेको वीरगंज महानगर–४ भगवती राइस मिलसँगैको जग्गा आफनो भनेर माग दाबी गर्दै सर्वोच्चमा मुद्दा दिएका हुन् ।

उनीहरूसँगै भगवती राइस मिलको तर्पmबाट ताराचन्द केडियाले पनि हालै सर्वोच्चमा रिट गरेका छन् । पर्सा जिल्ला अदालतमा परेको रिटमा वीरगंज महानगरले ५ वर्ष अघि अख्तियारले सरकारीकरण गरेको जग्गामा लामो समयदेखि थोक तरकारी बजार टीनको छानो राखेर सञ्चालनमा रहेको दाबी गरेको थियो ।

तर त्यसको पुष्टि गर्न नसकेपछि अदालतले माटो पुर्ने काममा रोक लगाएको हो । एकपटक रोक लगाएपछि अटेर गरेको महानगरलाई पुनः अदालतले रोक लगाएपछि अहिले त्यहाँ माटो पुर्ने काम मेयर विजय सरावगीले स्थगित गरेका छन । तेरो–मेरो मुद्दामा अदालतमा विचाराधीन रहेको १ बिघा १५ कठ्ठा जग्गामा मेयर विजय सरावगीले लाखौ रुपैयाको माटो भरिसकेका छन । टिपर लगाएर माटो भर्ने काम सम्पन्न भएपछि अदालतले रोक लगाएको हो । अहिले मेयर विजय सरावगीले माटो पुरेर व्यक्तिविशेषलाइ फईदा पुर्याउने कामको कारण वीरगंज महानगरपालिकाको लाखौंको लगानी डुबेको छ ।

Back to top