×

वीरगंज, १९ मङ्सिर - बाराको नितनपुर देखि कलैया जोड्ने दुधौरा नदीको पुलको बुधबार शिलान्यास गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ स्थानीयहरुको व्यापक विरोधको बिच पुलको शिलान्यास गरेका हुन् । मन्त्री महासेठले ठुलो सुरक्षा घेरामा स्थानीयहरुको व्यापाक नारावाजी विच पुलको शिलान्यास गरेका हुन ।

उक्त पुल बनाउनको लागि राजपाका महामन्त्री तथा प्रदेश २ का भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनलले अथक प्रयास गरी निमार्ण कार्य अगाडी बढाएको तर मन्त्री महासेठले सत्ताको दुरुपयोग गरी शिलान्यास गर्न आएको प्रति स्थानीयले विरोेद्य गरेका थिए ।

स्थानीयहरु तथा मन्त्री सोनलका समर्थकहरुले काम शुरु भइसकेको पुलको शिलान्यास गर्नु औचित्यहिन, सोनलको प्रयासमा निमार्णधिन पुलको शिलान्यास सत्ताको दुरुपयोग तथा शिलान्यासको नाउँमा जनतालाई झुक्याउन पाइदैन लगायतको पर्चाहरु टासेर मन्त्री महासेठको विरोध गरेका थिए ।

मन्त्री सोनलका समर्थकहरुले नितनपुर, बलुवा, बेहरा, गमरगावा, रामपुर टोकनी लगायतको स्थानमा रहेको पोल, घर, रुख तथा सार्वजनिक स्थलमा पर्चाहरु टासेका थिए ।

यता मन्त्री महासेठले पुलको शिलान्यास गरेका छन । सो अवसरमा नेकपाका नेताकार्यकर्ता सहित सुरक्षा निकायको उल्लेखनिय उपस्थिति रहेको थियो ।

Back to top