×

वीरगन्ज, मंसिर १९ ​संघीय समाजवादी फोरम नेपाल, पर्साका अध्यक्ष एवम् साँसद प्रदीप यादवले यस क्षेत्रको खेलकुदको विकासका लागि र खेलाडीहरुको लागि स्तरीय खेलकुदस्थल बनाउन वीरगन्जमा रहेको नारायणी रंगशालालाई राष्ट्रिय स्तरको बनाउने बताउनु भएको छ । उक्त रंगशालाको क्रिकेट मैदानमा आयोजित नेपाल मेडिसिटी प्याब्सन टि–ट्वेन्टी नकआउट क्रिकेट टुनामेन्ट प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै साँसद यादवले यस्तो बताउनु भयो । ​टुनामेन्टका बिजेता रहेको सेन्ट जेभियर्स हाइस्कुलको टिम र अन्य बिभिन्न विधामना उत्कृष्ट भएका बिद्यार्थी खेलाडीहरुलाई प्रमुख अतिथीको हैसियतले साँसद यादवले पुरस्कार तथा उपाधी पुरस्कार बितरण गर्नु भएको थियो । साँसद यादवले विद्यार्थीहरुले खेलको मैदनमा हानेको जस्तै मधेसको मागको सवालमा आफुले संघीय संसदमा छक्का हान्ने प्रतिबद्धता जनाए । ​नेपाल प्याब्सन पर्साका अध्यक्ष हरिशंकर साहको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमा प्रदेश साँसद जन्नत अन्सारी र नेपाल प्याब्सन केन्द्रीय प्रतिनिधि गोपाल कार्की बिशिष्ठ अतिथी रहेका थिए । पसुपति बिक्रम साह, फोरम नेपालका नगर अध्यक्ष इश्वर यादव, श्याम बन्जारा, प्याब्सन बाराका अध्यक्ष राजमहमद राय लगायतले शुभकामना मन्तब्य राखेका थिए । टुनामेन्टमा मनोकामना माबि उपबिजेयता भएको थियो ।

Back to top