×

वीरगञ्ज, १८ मंसिर, नेपाल विद्यार्थी संघ ठाकुराम बहुमुखी क्याम्पस इकाइको आयोजनामा मंगलबार निशुल्क आँखा शिविर सम्पन्न भएको छ । इकाइ अध्यक्ष मनोज साहको अध्यक्षता र नेपाली कांग्रेस केन्द्रीय सदस्य अजय चौरसियाको प्रमुख आतिथ्यमा भएको आँखा परीक्षण शिविरमा ८९० जनाको आँखा परीक्षण गरिएको थियो ।

तीमध्ये १०३ जनामा दृष्टिदोष र ५ जनलाई मोतियाबिन्दु भएको देखिएको छ । मोतिया बिन्दुको शल्यक्रिया मात्रिका आइ फाण्डेसन वीरगञ्जले निःशुल्क गरिदिने भएको छ । फाउण्डेशनका डा. महेशसिंह धामीले आँखा परीक्षण गरेका थिए ।

सो कार्यक्रमा नेता सुरेन्द्र चौधरी, क्याम्पस प्रमुख प्रमोद कुशवाह, नेविसंघ पर्साका संयोजक दिलीप कार्की, नेता सरोज चौरसियालगायतको सहभागिता थियो ।

Back to top