×

वीरगंज १८ मंसिर । नेपालको मुख्य प्रबेशद्वारको रुपमा रहेको वीरगंज शंकराचार्यद्वारको सौन्दर्यीकरण मंगलबार समुद्घाटन भएको छ । वीरगंज महानगरपालिका र समर्पण संस्थाको सहकार्यमा भएको सौन्दर्यीकरणको एक कार्यक्रमका विच महानगरपालिकाका मेयरले समुद्घाटन गर्नु भयो । वीरगंज महानरपालिकाले शंकराचार्यद्वारमा आयोजना गरेको कार्यक्रममा मेयरले रिबन काटेर सौन्दर्यीकरणको उदघाटन गर्नु भएको । शंकराचार्यद्वारामा मेयर र कार्यक्रमका अतिथीहरुले संयुक्त रुपमा झण्डोत्तलन समेत गरेका थिए । ६ महिनामा शंकराचार्यद्वारको सौन्दर्यीकरण गरी डम्पिङ्ग साइटबाट सेल्फी साइट बनाउ सफल भएको महानगर कार्यपालिका कार्यालय, वीरगंजका प्रमुख प्रशासकिय अधिकृत भिष्म भूसालले वताउनु भयो । कार्यक्रममा उप मेयर शान्ति कार्की, वीरगंज उधोगवाणिज्य संघका अध्यक्ष एवं प्रदेश सांसद ओमप्रकाश शर्मा, नेकपाका नेता प्रभु हजरा, जिल्ला समन्वय समिति पर्साका संयोजक नेकमहमद अंसारी, नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष श्याम बंजार लगायतकाको सहभागिता रहेको थियो ।

Back to top