राजपाका नेता बलात्कारको आरोपमा पक्राउ

53

Share
  •  
  •  
  •  

वीरगंज १८ मंसिर । कारागारबाट छुटाउन पहल गर्छु भन्दै एक बन्दीकी श्रीमतीसँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा राष्ट्रिय जनता पार्टीका एक नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपा नेपालका सप्तरी जिल्ला कोषाध्यक्ष छिन्नमस्ता–५ लोखरम निवासी मनोजकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक भावेश रिमालका अनुसार आइतबार पक्राउ परेका मेहताविरुद्ध बलात्कार तथा ठगी दुवै मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको हो । उक्त पार्टीका सदस्य सुनिलकुमार झाले पार्टीका साथीले जानकारी गराएपछि आफूले थाहा पाएको बताए । राजविराज कारागारमा पुर्पक्षका लागि थुनामा रहेका पीडितका श्रीमानलाई छुटाइ दिने आश्वासन दिलाइ मेहताले पटकपटक गरी साढे दश लाख रुपैयाँ ठगी गर्नुका साथै बलात्कार पनि गरेको पीडितको जाहेरीमा उल्लेख छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here