प्रहरी, प्रहरी भूमिका र हामी – राम सर्राफ

251

Share
  • 362
  •  
  •  
    362
    Shares

जंग वहादुरको “मिलिसिया” बाट नेपालमा प्रहरी ब्यबस्था शुरु भएको हो । सैनिकबाट प्रशिक्षित मिलिसिया प्रहरी बडाहाकिकको मातहतमा रही प्रहरी कार्य गर्दथ्यो । सोही प्रहरी अनेकौ आरोह अबरोहसंगै यो अवश्यामा आइपुरेको छ । यहाँसम्म ल्याइपुर्यारउन बिभिन्न प्रहरी प्रमुखहरुको उत्तिकै योगदान छ ।

अहिले नेपाल प्रहरीको प्रमुखमा सर्बेन्द्र खनाल छन् । आम प्रहरी अधिकृतभन्दा फरक शैली र स्वभावका सर्वेन्द्रको तत्कालदेखि नै बेग्लै पहिचान थियो । उनी तुरून्तै निर्णय लिन सक्ने “बोल्ड” व्यक्तित्व हुन् ।

नारायणीमा हुँदा उनले गरेका सयौ उपलब्धीपुर्ण कार्यहरू अहिले पनि बारा पर्सामा चर्चित छन् । ३० भन्दा बढीको ज्यान मारेर नेपालमा लुक्न आएका बब्लु दुबे समातिएको, ‘बोर्डर डन’ का नामले चिनिने भारतमा पनि मोस्ट वान्टेड सुनील जैसवाल ‘अग्नी’ र सयौ भूमिगत समुहको कानून बमोजिम सफाया भएको, आफ्नै मातहतको डिएसपीको फुली थुतेको, अपहरणमा परेका बिभिन्न मानिसलाई उद्धार गरी अपराधीलाई कारबाही गरेको लगायत समग्र नारायणी अञ्चलमा बाल बिबाह, लागु औषध बिरुद्ध अभियान सञ्चालन लगायत सार्बजनिक चाँसो र हितको लागि अपुर्ब कार्य गरेका थिए । यी युट्युवमा अहिले पनि हेर्न सकिन्छ ।

कुनै भिभिआईपी प्रदर्शनमा सहभागी भयो भने समात्नको लागि उनी नै चाहिन्थे । गिरिजा प्रसाद कोइराला हुन की शेर बहादुर देउवा सबैलाई उनले नै पक्राउ गरेका थिए । गुण्डासँग कहिल्यै सम्झौता नगर्ने उनले तत्कालीन युवराज दीपेन्द्र दाहिने हात भनौदो गुण्डालाई पनि कठघरामा उभ्याएका थिए । आइजी भपपछी पनि उनले “समाजका कुलंघार गुण्डाहरू के को डन हुनु” भनेर आफ्नो भिजन स्पस्ट पारेका थिए । उनले अनुसन्धान गरेको फुटबलको “म्याच फिक्सिङ” नेपालको कानूनमा नै नभएको बिषय थियो । उनकै कारणले अहिले यो अपराधले फौजदारी अपराध संहितामा स्थान पाएको छ । बिध्युत चुहावट गर्ने ब्यक्तिहरूलाई समेत नियन्त्रणमा लिने, पेट्रोल पम्पमा डिभाईस जोडी कम पेट्रोल दिएकालाई कालोबजारी मुद्धा चलाउने र शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) का नाममा मानव तस्करी र ठगी धन्दाका अवैध गतिविधि नियन्त्रण गर्ने एकमात्र प्रहरी अधिकृत सर्वेन्द्र नै हुन ।

आइजी भएपछी उनले प्रहरी संगठनलाई सकेसम्म तंग्रयाए । जहागए पनि भन्दछन, प्रहरी र अपराधी एकै ठाउमा बस्न सक्तैनन् । प्रहरी कर्मचारीले निडर र निर्धक्क भई काम गर्नुपर्छ । प्रहरी देखेपछी अपराधी थररर काप्नु पर्दछ । आफ्नो परिबारका अन्य सदस्यको समेत प्रतिष्ठा बढेको महशुस हुने गरी काम गर्नुपर्छ । आबश्यक परे कानून बमोजिम बल प्रयोग गर्न पनि पछी पर्नु हुदैन । कानून बमोजिमको काम गर्दा कुनै पनि अप्ट्यारो परे म आबरण बन्नेछु । म केबल प्रहरी महानिरीक्षकको जागिर खान मात्र आएको होइन । उनी भन्दछन, अपराध अनुसन्धान प्रहरीको पहिलो कर्तब्य हो । यसमा कुनै कसर नछोड्नु । महिला तथा बालबालिका बिरुद्धका अपराधलाई बिशेष प्राथमिकतामा राखि अनुसन्धान गर्नु । यी अपराधहरू अन्य अपराध ‍भन्दा फरक हुन र बिशेष किसिमको ध्यान दिई अनुसन्धान गर्नु । देशमा शान्ति सुरक्षा र अपराध अनुसन्धान गर्न प्रहरीबाट कुनै मोलाहिजा र कमि कमजोरी भयो त्यो सुधार्ने अरु कोही हुदैन । मातहतका कमान्डर तथा कर्मचारीलाई पनि उनले प्रचारभन्दा नतिजा प्राप्तीतिर बढी केन्द्रित हुन निर्देशन दिएको कुरा अखबारमा आएकै हो ।

बिगतमा प्रहरीभित्रका आन्तरिक गुटबन्दी, अस्वस्थ प्रतिस्पर्धा र राजनीतिक चलखेलले प्रहरी कर्मचारीहरूको मनोबल कमजोर बनाएको थियो । मनोबललाई उच्च बनाउने र प्रहरीको प्रतिष्ठा उठाउने काममा उनी लागेका छन् । हुनपनि झण्डै २० वर्षदेखि अपेक्षितरूपमा हुन नसकेको बढुवा तथा सरुवालाई खनालले तत्काल गरे ।

स्थानीय प्रशासन ऐन बमोजिम हुल दंगा नियन्त्रण गर्न लाठिचार्ज भन्दा अगाडी पानीको फोहोरा हान्नुपर्ने हुन्छ । हालसम्म नेपाल प्रहरीले केबल एउटा मात्र “वाटर क्यानन्” थियो । थप “बाटर क्यानन” ल्याउने प्रयास बल्ल भएको छ । कमसेकम एउटा प्रदेशमा एउटा “वाटर क्यानन” पुर्याजउने लक्ष नेपाल प्रहरीको छ ।

यस बिचमा देशमा बिमस्टेक, एसिया प्यासीफिक समिट जस्ता अन्तरराष्ट्रिय सम्मेलन र इन्टरपोलका महत्वपुर्ण कार्यक्रम सफलतापुर्वक सम्पन्न भए । प्रहरीले प्रशस्त हातहतियार, ठुलो संख्यामा लागुऔषध समातेको छ । ब्यापक संख्या र मात्रामा तस्करीका सामानहरु बरामद भएको छ । सयौ अपराध, गम्भीर अपराधमा सफलता मिलेको छ । बिगतका अपराधमा अभुतपुर्ब र अद्वितिय सफलता मिलेको छ । महिला र मानव तस्करी रोक्न र अनुसन्धान गर्न देश र बिदेशबाट सहज सूचनाको लागि हेडक्वाटरमा ११७७ नंवरको निशुल्क टोलफ्री फोन स्थापना गरिएको छ । सयौ पिडितलाई भारत र तेश्रो विश्वबाट उद्धार गरी दोषीलाई कारवाही गरिएको छ । सिके राउत रौतहट जेलमा छन्, बिप्लव आफै लुक्दै हिडेका छन् । बिप्लबका प्रकाण्डलाई बिभिन्न ठाँउमा घुमाएरै पनि थुनामा राखेको थियो, अदालतले गर्दा डोड्नुपर्योछ ।

अहिले प्रहरी जापानबाट दिइने “डिजिटल गभरमेन्ट अवार्ड” प्रहरीले पाउन सफल भयो । नेपाल प्रहरीको सिआइबीको “युएन इनभर्नमेन्ट इन्टेगरिटी अबार्ड” प्राप्त गर्न सफल भएको छ । “दक्षिण यसिया” का प्रहरीलाई यी दुबै पदक पहिलो पटक प्रदान गरिएका हुन । हालै “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम शुरुवात भयो । महिला तथा बालबालिका बिरुद्धका अपराधहरू लगायत बिभिन्न समसामयीक बिषयबस्तुहरुमा प्रहरी, स्थानीय निकाय, बिधालय र सबै सरोकारबाल बिच सहकार्यको बलियो स्थायी आधार तयार भएको छ ।

अहिले प्रहरी प्रधान कार्यालयको स्वरुप नै फेरिएको छ । महानिरीक्षक खनालका अन्य उपलब्धी धेरै छन् । सबैभन्दा महत्बपुर्ण कुरा, अहिले मुलुकका बिभिन्न नाकाहरूमा हुने तस्करी बन्द छ । बिभिन्न समयमा विभिन्न स्थानमा र बिभिन्न बहानामा हुने प्रहरीको कुनै पनि बहानाको उठती पुठती शुन्य छ । पैसाको लागि प्रहरीले जनतालाई दु:ख दिने प्रचलन समाप्त छ । सर्बेन्द्र खनाल भ्रष्टाचारमा संलग्न हुने प्रहरी कर्मचारीलाई “किरा” संज्ञा दिन्छन् । प्रहरीबाट यस्ता किराहरूलाई फाल्ने अभियान शुरू भैसकेको छ । प्रधानमन्त्रीको भ्रष्टाचार शुन्य बनाउने अभियान बास्तबमा नेपाल प्रहरीमा लागु छ ।

प्रहरीहरू स्बिकार गर्दछन, प्रहरीसँग गरिएका अपेक्षा पुरा हुन अझै बाँकी छन् । आ-आफ्ना बाधा, ब्यबधान र विविध समस्याका कारण प्रहरीहरूबाट अपेक्षितरूपमा काम भएको छैन । यो कुरा प्रहरीसँग मात्र सिमित हुदैन । समय, परिबेश, प्रहरीलाई प्राप्त जनताको सययोग, प्राप्त श्रोत साधन, आफ्नै प्रयास र केही हदसम्म भाग्यले पनि उत्तिकै भूमिका खेल्ने गर्छ । एउटा काम बिग्रिएमा सबैलाई सम्पुर्ण कुरामा दोष दिन मिल्दैन । सयौं कार्य गर्नुपर्ने प्रहरीको यदाकदा गल्ती हुन्छ । त्यसलाई कसरी लिइएको छ सो महत्वुपुर्ण कुरा हो । नेपाल प्रहरीले यो एक बर्षमा करिब ६ हजार अपराध दर्ता गरि अनुसन्धान कार्य सम्पन्न गरेको छ । यसमध्ये जबरजस्ती करणीतर्फ करिव १५ सय छन र दैनिक औषत ६ वटा देखिन्छन् । यस मध्य एउटा कञ्चनपुरको निर्मला पन्त जबरजस्ती करणी र हत्या निकै चर्चित रह्यो । एक जना अधिकृतले गलत गररेको कुरालाई सबैलाई दोषी देखाउने हो भने अरूलाई अन्याय हुन्छ ।

अनुसन्धानमा अनेक अनुमान र संभावनाका सृंखलालाई जोड्दै त्यसलाई जनताको सहयोग र श्रोत साधनको टेवामा परिक्षण गर्दै लैजानुपर्ने हुन्छ । कुनै छिट्टो सफल हुन्छ र कुनैलाई समय लाग्छ । यसमा समय लागेको देखिएको छ तर छिट्टै सफल अनुसन्धान पनि हुनेछ । यस मुद्धामा प्रारम्भिक अनुसन्धानमा गम्भीर कमी कमजोरी र लापरवाही गर्ने जिल्ला प्रमुख र इलाका प्रमुखको नोकरीबाट फ्याक्किए । दर्जन जति निलम्बित छन् । अनुसन्धान जारी छ । गल्ती कसुर अनुसार कारबाही हुने नै छ ।

आइजी सर्वेन्द्र खनालले सार्बजनिकरूपमा भनेकै छन्, कञ्चनपुर घटनामा नालायक प्रहरी कर्मचारीले गर्दा संगठन बदनाम भयो । उनलै आफै निर्मलाका अभिभाबकलाई भेटेर भनेका छन, तत्कालिन जिल्ला प्रहरीले शिर निहुरिने बनाएयो । त्यसको सत्य तथ्य खोजी गरिने नै छ ।

मुल्यांकन एउटा घटनामा होइन, सिरिज अर्थात समग्रमा हुन जरूरी छ । एउटा जिल्लाको एउटा अपराधमा सोही जिल्लाका केही प्रहरीले अपकार्य गरेकोमा अन्य सबैकुरामा उत्कृष्ठ प्रहरी महानिरीक्षकलाई उवगाल मात्र दिनु हुदैन । प्रहरी महानिरीक्षकको हकमा भन्न सकिन्छ, काम गर्दा हुने अज्ञानता क्षम्य हुन सक्छ तर नियतमा खराबी कदापि क्षम्य हुदैन । यस पुर्ब बिभिन्न घटनालाई कुशलतापुर्बक टुङ्गोमा पुर्या एका आइजी सर्वेन्द्रले यो मुद्धालाई सफलतापुर्बक समाधान गर्ने नै छन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here