तस्करीमा संलग्न २ लाख बराबरको कपडा सहित २ जना पक्राऊ

326

Share
  • 174
  •  
  •  
    174
    Shares

वीरगंज, १८ मंसिर । अबैध रुपमा भन्सार छली अटो रिक्सामा ल्याउदै गरेको कपडा सहित एक महिला र एक पुरुष पक्राउ परेका छन । पक्राउ पर्नेमा पूर्वी चम्पारण जिल्ला रक्सौल न.पा. १४ बस्ने प्रकाश गुप्ताको छोरी बर्ष ३० को मुस्कान गुप्ता र भारत पुर्वी चम्पारण रक्सौ न.पा. ९ बस्ने जुबेर खानको छोरा बर्ष ३६ को सहबुदिन खान रहेका छन ।

सशस्त्र प्रहरी गुल्मबाट खटेको गाडी मोबाइल डिउटी टोलीले वीरगंज १६, रजतजयन्ती चौकबाट ना २ ह ८५२ नम्बरको अटो रिक्सामा भारत रक्सौलबाट वीरगंज तर्फ ल्याउदै गरेको कपडा सहित दुबै जनालाई पक्राउ गरेको हो । मंगलबार विहान ६ बजेको करिबमा पाईन्टको कपडा १९६ मिटर, बनारसी साडी १६ पिस, उनि कुर्ता सुरुवाल २७ पिस, कडाई कुर्ता सुरुवाल ५६ पिस, उनि लेगिज ४० पिस र टेण्ट कपडा ७ थान सहित दुबै जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी गुल्मले जनाएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here