×

विरगंज,१५ मंसिर पर्सा क्षेत्र नं.१ का सांसद प्रदिप यादवले नेपाल रेडक्रस सोसाईटीले गरेको सामाजिक कार्यबाट प्रभावित भएर आफुले सामाजिक कार्यमा प्रेरित भएको बताउनुभएको छ ।

नेपाल रेडक्रस सोसाईटी रेश्मकोठी उपशाखाको २४ औ साधारणसभाको उदघाटन गर्दै सांसद यादवले विश्वमा सामाजिक संस्था नभएको अवस्थामा विशुद्ध रुपले सामाजिक कार्यको लागि रेडक्रस सोसाईटी अगाडी रहेको बताउनुभयो ।

संघिय सामाजबादी फोरम नेपाल पर्साका अध्यक्ष समेत रहेका सांसद यादवले सामाजमा विपती परेका बेला मानवीय तथा भौतिक सहयोगको लागि नेपाल रेडक्रस सोसाईटी अग्रपंक्तिमा रहने गरेको बताउनुभयो ।

सांसद यादवले डलरको खेती गर्ने विभिन्न सामाजिक संस्थाभन्दा रेडक्रसले विशुद्ध रुपमा सामाजको लागि काम गर्दै आएको भएपनि राज्यले सहयोग नगरेकोमा दुःख व्यक्त गर्दै सरकारको तर्फबाट पनि रेडक्रसलाई सहयोग गर्न आफुले संसदमा आवाज उठाउने बताउनुभयो ।

सांसद यादवले आगामी दिनमा पनि रेडक्रसले अझ बलियो भएर परिवर्तनशिल तरिकाले सामाजिक कार्यमा लाग्नुपर्ने कुरामा जोड दिदै सामाजिक कार्यको लागि रेडक्रससंग आफु पनि सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाईटी रेशमकोठी उपशाखाका जेष्ठ सदस्य नरेन्द्र साहको सभापतित्वमा सम्पन कार्यक्रममा सोसाईटीका प्रदेश नं.२ का सभापति फुलमहम्द मियाँ,वीरगंज शाखाका मन्त्री विरेन्द्र कंडेल,श्रीनारायण यादव ,वडा नं.५ का अध्यक्ष प्रदिप चौरसिया ,सुरेन्द्र साह ,बाँका साह लगायतको उपस्थिती रहेको थियो ।

Back to top