×

वीरगन्ज १५ मंसिर । पर्सा जिल्लामा रहेका किसानलाई उन्नत जातको गहुको विउ वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र पर्साको अगुवाईमा जिल्लाको विभिन्न ७ वटा वितरण केन्द्रबाट किसानलाई ऐन.एल ९७१ र विजय जातको उन्नत गहुको विउ वितरण गरिएको हो ।

राष्ट्रिय विउ विजन कम्पनी मकवानपुरबाट खरिद गरि ल्याइएको एक सय मेट्रिकटन गहुको विउ किसलाई वितरण गर्न लागिएको कृषि ज्ञानकेन्द्र पर्साका प्रमुख डा.रामचन्द्र यादवले जानकारी दिनुभयो । उहाँले ६५ रुपैया ५० पैसा प्रतिकिलोमा खरिद गरि ल्याएको विउ किसानलाई ४० प्रतिशत अनुदान अर्थात प्रति केजी ४३ रुपैया ५५ पैसामा उपलब्ध गराइएको बताउनुभयो ।

पर्साको वीरगन्ज महानगरपालिका,पोखरिया नगरपालिका, महुवन, सेढवा र विरुवागढी लगायतका सात स्थानमा वितरण केन्द्र मार्फत प्रति किसानलाई जग्गाको लालपूर्जा र नागरिकताको प्रतिलिपीको आधारमा १० देखी ४० किलोसम्मा उन्नत जातको विउ उपलब्ध गराएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

पर्सा जिल्लामा रहेको कुल ५४ हजार ७३२ हेक्टर खेतियोग्य जग्गामध्ये २६ हजार हेक्टर जग्गामा गहु खेती हुने गरेको छ । पर्सामा हुने गहु खेतीका लागि ३ हजार मेट्रिकटन विउको अवस्यकता रहेपनि प्रति वर्ष २० प्रतिश किसानले मात्र विउ फेर्ने भएकाले हाल ६ सय मेट्रिकटन विउ अवस्यक रहेको ज्ञानकेन्द्र प्रमुख यादवले जानकारी दिनुभयो । उहाँले कृषि शिर्षक मै नेपाल सरकारले स्थानिय तहलाई बजेट विनियोजन गरेकाले नपुग रेहका विउ स्थानिय तहबाटै किसानलाई उपलब्ध हुने बताउनुभयो ।

Back to top