×

वीरगंज १२ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले जागिर लगाइदिन्छु भनी ठगी गर्ने एक व्यक्तिलाई मंगलबार पक्राउ गरेको छ । जिल्ला पर्सा धोबिनी गाउँपालिका वडा नं.३ हरिहरपुर घर भई हाल जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नं. १३ डेरा गरी बस्ने वर्ष २६ को आलोक कुमार पाण्डे भन्ने सन्तोष कुमार पाण्डे रहेका छन् । पाण्डेले जिल्ला बारा सुवर्ण गाउँपालिका वडा नं.५ बस्ने बीरेन्द्र ठाकुर हजामको छोरा प्रदिप कुमार ठाकुरलाई राष्ट्रिय अनुसन्धानको प्रहरी जवानमा जागिर लगाइदिने भनी १ लाख ७० हजार रकम लिएको छ । त्यसैगरी जिल्ला बारा महागढीमाई न।पा।वडा नं।२ बस्ने हरिन्द्र ठाकुरको छोरा उमेश ठाकुरलाई राष्ट्रिय अनुसन्धानको प्र.ज. पदमा जागिर लगाइदिने वापत रु १ लाख ५० हजार लिएको र जिल्ला बारा महागढीमाई न.पा. १ बस्ने झगरु महतो कोईरीको छोरा धिरेन्द्र कुशवाहा समेतलाई राष्ट्रिय अनुसन्धानको प्र।स।नि पदमा योग्यता अनुसारको जागिर लगाई दिने भनी ७ लाख लिएकोमा विश्वासमा पारी झुक्याई नियूक्ति पत्र समेतका किर्ते लिखित कागज तयार गरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नाम सहितको दस्तखत गरेको नियुक्ति पत्र समेत दिई प्रदिप कुमार ठाकुर संग रु १ लाख ७० हजार, हरिन्द्र ठाकुरसँग रु १ लाख ५० हजार र राकेश कुमार कुशवाहासँग रु ४ लाख गरि जम्मा रु ७ लाख २० हजार रकम ठगी गरेको छ । पाण्डेलाई ठगी तथा लिखित सम्बन्धी कसुर शिर्षकमा जाहेरी दरखास्त मिति २०७५।०८।०७ गते प्राप्त भएकोले ठगी तथा लिखत सम्बन्धी कसुर शिर्षकमा मुद्दा दर्ता गरी सोही दिन सम्मानित पर्सा जिल्ला अदालतबाट पक्राउ अनुमति समेत लिई प्रतिवादीहरु मध्येका आलोक भन्ने सन्तोष कुमार पाण्डेलाई पक्राउ गरी हिरासतमा राख्न ७ दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Back to top