×

वीरगंज, १२ मंसिर । प्रसिद्ध कम्पनी मेनिटू ग्रुपको टेरेक्स ब्राण्डको भैकुलोडरको शोरुम वीरगंजमा पनि खुलेको छ ।

वीरगंजको श्रीपुर त्रिमूर्ति चोकमा रहेको अर्चना इंटरप्राइजेजले सो कम्पनीको भैकुलोडरको वीरगंज क्षेत्रको आधिकारिक बिक्रेताको रुपमा सम्बन्ध लिई एक कार्यक्रमकाबीच शुभारम्भ गरेको जनाएको छ ।

अटो (इलेक्ट्रो) मेक प्रालि काठमाण्डौ अन्तर्गत रही अर्चना इंटरप्राइजेजले वीरगंज र आसपासका जिल्लाहरुमा बिक्री वितरण गर्ने अर्चना इंटरप्राइजेजका संचालक संजोग कुमार गुप्ताले जानकारी गराउनु भयो ।

विकास निर्माणका कार्यहरुमा अति आवश्यक प्रविधि र साधनको रुपमा रहेको टेरेक्स ब्राण्डको भैकुलोडरले निर्माण कंपनीहरुलाई थप सहजता हुने विश्वास लिएको संचालक गुप्ताले बताउनु भयो ।

Back to top