पहिलो चार महिनामा २ खर्ब ५३ अर्ब राजस्व उठ्यो

31

Share
  • 19
  •  
  •  
    19
    Shares

काठमाडौँ, ६ मङ्सिर – चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सरकारले २ खर्ब ५३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । कात्तिक ३० गतेसम्म २ खर्ब ५७ अर्ब उठाउने लक्ष्य लिएको सरकारले लक्ष्यको तुलनामा ९९ प्रतिशतमात्र उठाएको हो ।

यो बीचमा सरकारले भन्सार,बाहेक अन्य मुख्य शिर्षकमा लक्ष्य भेटाएको छैन । कात्तिक मसान्तसम्म भन्सार महशुलबाट ५४ अर्ब २० करोड रुपैयाँ संकलन भएको छ । यो कात्तिकसम्मको लक्ष्यके १०२ प्रतिशत हो । यसमा सबैभन्दा बढी आयातमा राजस्व बढेको छ ।

मूल्य अभिबृद्धि करमासमेत सरकारले लक्ष्यअनुसार उठाउन सकेको छैन । कात्तिकसम्म ८८ अर्ब उठाउने लक्ष्य लिइएकोमा ८० अर्बमात्र अर्थात् लक्ष्यके ९१ प्रतिशतमात्र संकलन भएको छ ।

यो बीचमा आयकर पनि लक्ष्यके ९३ प्रतिशतमात्र संकलन भएको छ । कात्तिक मसान्तसम्म ३८ अर्ब उठाउने लक्ष्य लिइएको भएपनि ३५ अर्बमात्र संकलन भएको छ ।

समग्रमा लक्ष्यको ९९ प्रतिशत राजस्व उठाएको सरकारले अघिल्लो वर्षको यही अविधको तुलनामा ३० प्रतिशतले राजस्व संकलन बढाएको छ । वर्षमा ९ खर्ब ४५ अर्ब राजस्व उठाउने लक्ष्य लिएकोसरकारले पहिलो चौमासिकमा वार्षिक लक्ष्यको २६ प्रतिशत राजस्व संकलन गरेको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here