×

वीरगन्ज ४ मंसिर । प्रदेश नं.२ सरकारले बुधबार मंसिर ५ गते सार्वजनिक विदाको दिने निर्णय गरेको छ।

मुस्लिम धर्मावलम्बीहरुको पैगम्बर मोहम्मदको जन्म दिन परेकाले प्रदेश सरकारको २०७४ साल चैत्र २४ गते बसेको मन्त्रिपरिषदको निर्णयअनुसार प्रदेश २ मा ५ गते बुधबार सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिएका छन् ।

प्रदेश २ मा रहेका जिल्लाहरुमा प्रदेश सरकारले मंसिर ५ गते विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय बाट जारी सूचनामा उल्लेख गरिएको छ।

दिवसको अवसरमा प्रदेश २ को सम्पूर्ण सरकारी कार्यालय, संस्थान र शिक्षालयमा विदा रहने मन्त्रालयका शाखा अधिकृत वसन्त न्यौपानेबाट हस्ताक्षरित पत्रमा उल्लेख रहेको छ।

Back to top