×

वीरगन्ज २ मंसिर । वीरगन्जको सिमाक्षेत्रबाट विभिन्न २१ राष्ट्रको मुद्रा र ५३ थान बिभिन्न बैंकको एटियम कार्ड सिहत प्रहरीले आज एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेका भारतको त्तरप्रदेश जवनपुर निवासी रामनाथ यादवलाई सशस्त्र प्रहरीले वीरगन्जको भन्सार अगाडीबाट नियन्त्रणमा लिएको हो ।

वीरगन्जबाट रक्सौलतर्फ जाँदै गरेका यादवमाथि संकालागि चेकजाँच गर्दा नेपाल लगायत विभिन्न २१ राष्ट्रको मुद्रा र ५३ थान बिभिन्न बैंकको एटियम कार्ड बरामद भएपछि आवस्यक अनुसन्धनका लागि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल भन्सार राजश्व गुल्म वीरगन्ज भन्सारका सशस्त्र प्रहरी निरीक्षक पदम बहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँले यादवले बोकेको झोलाबाट विभिन्न राष्ट्रको मुद्रा सिहत भारतीय राहदानी २ थान, विभिन्न भारतीय बैंकका ५३ थान एटिएम कार्ड, आइ.एम.इ कार्ड ३० थान,विभिन्न व्यक्तिको परिचय पत्र ४४ थान,एक पोका नक्कली सुँनका गहना लगायतका समान बरामद भएको बताउनु भयो ।

पक्राउ परेका यादव अबैध रुपमा विदेश पठाउने कार्यमा संलग्न रहेको हुनसकिने प्रहरीको अनुमान रहेको छ ।

पक्राउ परेका यादवलाई आवस्यक कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाउने तयारी भएको सशस्त्र प्रहरीले जनएको छ ।

https://www.facebook.com/santosh.ranjitkar.1/videos/767620450239144/?t=1

Back to top