×

वीरगन्ज २ मंसिर । पर्साको बहुदरामाई नगरपालिका वडा नं. ७ बिश्रामपुरमा वडा सदस्यले कुटपिट गर्दा एक वृद्धा सहित दुई जना घाईते भएका छन । वडा सदस्य कुदिश देवान, उनका छोरा रमुल्लाह देवान र श्रीमती मोफायजा खातुनले २६ बर्षिय श्यामा खातुन र ६२ बर्षिय श्रीपति खातुनलाई कुटपिट गरेका हुन । वडा सदस्य देवानले पिडित श्रीपति खातुन र श्यामा खातुनसंग लिएको ५ लाख ४३ हजार रकम आज फिर्ता गरी कुटपिट गरेको पिडित श्रीपति खातुनले जानकारी दिनुभयो । पिडित खातुनले वडा सदस्य देवानले ४३ हजार रुपैया कम दिन लागेकोमा आफु नमानेकोले कुटपिट गरेको बताउनुभयो । पिडित दुवैजनाको नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार भइरहेको छ ।

Back to top