×

वीरगंज ,१ कातिक - जिल्ला कृषी सहकारी संघ पर्साको सातौ जिल्ला अधिबेशको उद्घाटन सत्र आज सम्पन भएको छ । बहुदरामाई नगरपालिका रामनगरीमा आयोजित कार्यक्रममको उद्घाटन गर्दैै संघिय समाजबादी फोरम नेपालका जिल्ला अध्यक्ष तथा सांसद प्रदिप यादवले नेपाल कृषी प्रधान देश भएपनि रँज्यको भेदभावको कारण कृषि क्षेत्र नै सबभन्दा बढी पछाडी परेको बताए ।

तर अव सघिय संरचनामा मुलुक गएपछि पर्सा लगाएत अन्य जिल्लामा कृर्षी क्षेत्रमा क्रान्ति आउने दावी गरेका छन । पर्सामा रहेको स्थानियतहलाई नै कृर्षी पकेट क्षेत्रको रुप्मा रुपान्तरण गरिदै जाने योजना अनुसार प्रदेश नम्बर २ गृह कार्य गरिहेको जानकारी गराए ।

पर्साको जगंल तथा पहाडसंग जेडिएको गापालाई पर्यटन क्ष्ँेत्र, डुवान हुने क्षेत्रलाई माछा पालन, समथल भुभाग भएको गापालाई धान तरकारी खेतीको रुपमा पहिचान गरि काम भईरहेको बताए । तर पर्सामा रहेका बिभिन्न बैक तथा बितीय संस्थाहरुले किसानको नाउमा दिने ऋण गैर किसानलाई बितरण गरीदै जनगुनासो आएकोले यसलाई तुरन्त रोक्न पहल गरिने बताए ।

केही बितीय संस्थाहरुले किसानको नाउमा गैरकिसानहरुलाई ऋण दिदै ठुलो रकमको चलखेल गरिरहेको बारे आफुलाई थाहा भएको त्यस्ता बैकहरुलाई कारवाही अन्गर्तत कार्यालयमा ताला लगाउने समेत चेतवानी दिएका छन । जिल्ला अध्यक्ष शिव साहको सभापतित्वमा सुरु भएको सधारणसभामा राजपा महासचिव शिव पटेल ,पोखरिया नगरपालिका मेयर दिपनरायण रौनियार, सखुवाप्रसौनी गापा अध्यक्ष प्रदिप जयसवाल, जिल्ल सदस्य तबरेज अहमद लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

Back to top