×

वीरगंज, २६ कार्तिक । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आफु खुसी पार्टीमा एकलौटी निर्णय गर्न थालेपछि ठाकुर विरुद्ध मोर्चाबन्दी भइरहेको छ । ठाकुरले आफुखुसी महासचिव थप्दै गएर २८ बाट ३२ वटा महासचिव बनाएका छन् । भर्खरै कोहीसंग सल्लाह नै नगरी विनोद सिंह, जयप्रकाश ठाकुर, शशीकपुर मियाँ र पुरुषोत्तम झालाई महासचिव नियुक्त गरेपछि पार्टीमा खैलाबैला मच्चिएको अबर नागरिक अनलाइनले प्रकाशन गरेको छ ।

यस सन्दर्भमा वीरगंजका पूर्व उपमेयर एवं लक्षुमणवाका लोकप्रिय नेता पुरुषोत्तम झासंग हामीले कुराकानी गरेका थियौं । वहाँले आफु राजपाको महासचिव भएको कुरा स्विकार गर्नुभयो । तर केही दिन अगाडी पर्सा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद बिमल प्रसाद श्रीवास्तवको घरमा मिटिग बसेको र सो मिटिगले सांसद बिमल श्रीवास्तवको संसदीय बजेट चलाउन सांसद प्रतिनिधि पुरुषोत्तम झालाई नियुक्त गरिएको समाचार बाहिर आएको थियो ।

सो सन्दर्भमा पुरुषोत्तम झासंग सोध्दा वहाँले आफ्नो व्यक्तिगत सम्बन्ध भएको कारणले सो पद अंगालेको बताउनु भयो । आफ्नो व्यक्तिगत सम्बन्ध भएकोले आफु जनताको काम गर्नको लागि सांसद प्रतिनिधि भएको कुरा बताउनु भयो ।

यस सन्दर्भमा संघीय समाजवादी फोरम पर्साका इन्चार्ज माननीय प्रदेश सांसद सिहासन साहसंग बुझ्दा वहाँले पुरुषोत्तम झाको बारेमा उनी राजपाको महासचिव भएको अधिकारिक जानकारी हामीलाई प्राप्त नभएको बताउनु भयो । अन्य पार्टीको व्यक्तिले फोरमबाट निर्वाचित सांसदको बजेट कसरी चलाउँछ ? त्यो नियमले मिल्दैन हामी मान्दैनौ भनी प्रतिक्रिया दिनुभयो ।

Back to top